साझा नेटवर्क
साझा नेटवर्क,गुल्मी जेठ १५ ।
गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गले वडाभित्रका स्वास्थ्य सँस्थाहरुमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुकाे लागी दराज बितरण कार्यक्रममा सम्पन्न भएको छ ।
१० जना महिला स्वयंसेविकाहरुलाई १/ १ को दरले १० वटा दराज वितरण गरिएको हो । दराज वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुशील चन्दले समुदाय स्तरमा स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका उल्लेख्य रहेको भन्दै घर घरमा पुगेर राखिने सूचकांक र औषधिहरु लगायत अन्य कार्यहरूमा यस कार्यबाट सहयोग मिल्ने भनाइ राख्नु भएको थियोे ।
साथै कार्यक्रममा अग्लुङ स्वास्थ चौकीमा कार्यरत अनमी रचना चन्दलाई उत्कृष्ट स्वास्थ्य कर्मिको रुपमा सम्मान गरिएको थियोे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend