साझा नेटवर्क
दर्शन सुनार कतार जेठ १५ ।
युवा लोकगायक बिक्रम बाबुको नयाँ गीत “अचार आपैको” लोकप्रिय बन्दै गएको छ । गत शुक्रबार डिजिटल बजार युट्युब च्यानल B3 Entertainment मार्फत सार्वजनिक भएको सोहि गीतले लोकप्रियता बटुल्दै गएको हो ।
शिव कनौजे मगरले संगीत संयोजन गरेको गितमा बिक्रम बाबुले शब्द सिर्जना कोरेका छन । करन चैसिरको छायांकन रहेको गितको निर्देशन भने ईश्वर बाबु ले गरेका हुन । गितको एरेन्जर बिश्वास नेपाल गरेका छन भने ईश्वर बाबु ले भिडियोलाई निकै आकर्षक बनाएका छन ।
उक्त गितमा दिपक दर्लामी मगर र बिष्णु मगरले आवाज भरेका छ्न । गीतले छोटो समयमा स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउदै उनले टिकटक गीत हिट भैरहेको बताए ।
गितको भिडियोमा यशु भट्टराई,सुबर्ण दुलाल, अनिल सुनार,शिभांगी क्षेत्री, सङ्गै बिक्रम बाबुले अभिनय गरेका छन बिक्रम बाबुका नन्दनी,कौवा करायो,पोल्छ छातीमा,पिरती घाटामा जस्ता गित चर्चित छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend