साझा नेटवर्क
यमलाल भुसाल, बुटवल जेठ १४ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको ३३ स्थापना दिवशको उपलक्ष्यमा मानव सेवा आश्रममा रहेका १६० जनालाई खान खुवाएको छ । सामाजिक दाईत्व स्वरुप समतिले आश्रममा खान खुवाएको हो । यी र यस्तालाई सेवा गर्ने प्रवित्र भावनाले स्थापित मानव सेवा आश्रमले मुलुभरी यस्तै आश्रम स्थापना गरेर भगवानले गर्न नसकने काम गरेको छ ।
स्थापना दिवशमा मात्र नभई अन्य समयमा पनि यो संस्थालाई आवश्यक पर्दा सहयोग गर्ने प्रतिवद्धता समेत समितिका अध्यक्ष यम प्रसाद पाण्डेले बताउनु भयो । मानव आश्रम रुपन्देही जिल्ला संम्योजक दीलमाया थापाले २०६९ सालको भाद्र १३ गते मकवापुरवाट शुरु भएको संस्था अहिले सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा कार्यालय स्थापना गरि १ हजार ५ सय बढी सडक पेटीमा वेवारिसे रहेकालाई आश्रय दिएर लालन पालन गरेको छ ।
मनकारी दयालु भावना भएकाहरुको सहयोगवाट नै आश्रम संचालन भएको थापाले बताउनु हुन्छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गुप्त बहादुर केसीले मानव भएर पनि मानव रहित जिवन जिउन बाध्य सडक मानवलाई आश्रय दिएर मानव सेवा आश्रमले गरेको मानविय सेवा लाई भगवानको संज्ञा दिनु भयो ।
यस्तो पवित्र संस्थामा समितिले आफनो स्थापना दिवश मनाउन निकै उपलब्धी मुलक रहेको भन्दै आगामी दिनमा यसलाई निरतत्रा दिन आग्रह गर्नु भयो । पूर्व अध्यक्ष केसीले जन्म दिन बैवाहिक उत्सवहरुमा गरिने फजुल खर्च कटाएर यी र यस्तै मानव सेवामा क्रियाशिल संस्थाहरुमा खर्च गर्न समेत आह्वान गर्नु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष टीकाराम गौतम महासचिव हरि प्रसाद कंडेल, कोषाध्यक्ष हरि रिमाल उपाध्यक्षहरु लक्ष्मण गैरे, गुप्त बहादुर केसी ,खगराज गौतम सचिव अर्जुन भुसाल सदस्य शंकर प्रसाद लम्सालको सहभागिता रहेको कार्यालय प्रमुख वाबुराम अधिकारीले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend