logo
  • शनिबार, असोज १० २०८३

अग्लुङ्गमा जेष्ठ नागरिक तथा उत्कृष्ट बिद्यार्थीलाई सम्मान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी जेठ १२ ।

गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गले आज एक कार्यक्रमका बिच वडाको समग्र विकासमा योगदान पुर्याएको भन्दै विभिन्न क्षेत्रका ब्याक्तित्वहरुलाई  सम्मान गरेको छ । नागरिक अगुवाहरु,शिक्षक,कर्मचारी,किसान,सामाजिक संघसस्था,बुहारीहरु तथा SEE र कक्षा ०८ मा उत्कृष्ट स्थान ल्याउने बिद्यार्थीलाई सम्मान गरिएको हो । पछिल्लो समयमा जेष्ठ नागरिकको सेवा सुसार गर्ने क्रम घटिरहेको र जेष्ठ नागरिकहरु सेवा स्याहारसुसार बाट दुख पाईरहेकाे अबस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम गरेको हो ।बुबाआमालाई जन्मघरमा छोडेर कर्मघर विभिन्न ठाउमा बसोबास गर्दै बसेका अग्लुङ्ग बासिलाई सम्मान गरिएको वडा अध्यक्ष सुशील चन्दले बताए । आफन्तले आफ्नो दायित्व बिर्सेको भन्दै आफ्ना लाई जस्तै माया,सद्भाव वडा कार्यलयको पनि जिम्मेवार रहेको भन्दै यो नौलो काम गरेको बताए । त्यस्तै प्रतिनिधिमुलक रुपमा केही असल बुहारीहरुलाई पनि सम्मान गरिएको हो । सबैलाई एकैचोटी गर्न वडाले नसके पनि यसपाली साविकका ९ वटा वडाबाट १/ १ जना बुहारीलाई सम्मानपत्र ,दाेसल्ला ,टीका र मालाले सम्मान गरेको वडा अध्यक्ष चन्दले बताए । साथै कार्यक्रममा शैक्षिकसत्र २०७९ मा SEE मा अग्लुङ्गमा सबैभन्दा धेरै अङ्क ल्याउने बिधार्थि अनमाेल चन्दलाई नगद रु १०,००० र कक्षा ८ मा सबैभन्दा धेरै अंङ्क ल्याउने गंगा बाेहाेरालाई नगर रु ५००० सम्मानपत्र र दाेसल्लाले सम्मान गरिएको छ ।सोहि कार्यक्रममै उत्कृष्ट किसान ,समाजसेबि ब्यक्ति ,कर्मचारी, शिक्षक ,अनुसाशित बिद्यार्थी , खेलाडी, सामाजिक सघ सस्था लाई सम्मान गरिएको थियोे अग्लुङ्गको हरेक क्षेत्र ,बिकास निर्माणलाई समय सङ्गै बदल्ने योजना रहेको र आउदो दिनमा अझै यस्ता प्रभावकारी काम गर्ने वडा अध्यक्ष सुशील चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend