साझा नेटवर्क
चक्र चन्द,काठमाडौँ जेठ १२ ।
पछिल्लो समयका सर्वप्रिय सर्जक विक्रमबाबु विश्वकर्मा र यशु भट्टराईको अभिनयमा नयाँ गीत “अचार आँपैको ” सार्वजनिक भएको छ ।
दीपक दर्लामी मगर र विष्णु मगरको स्वर रहेको गीतमा विक्रमबाबु विश्वकर्माको शब्द संयोजन रहेको छ । गीतमा शिव कनौजे मगरको लयलाई विश्वास नेपालले सङ्गीत संयोजन गरेका छन् । गीतको अडियो सुमन राना र खुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ्ग मास्टरीङ्गमा मारुनी स्टुडियोमा तयार पारिएको हो ।
ईश्वर बाबुको निर्देशन अनि सम्पादन,करन चैसिरको छायाकंन र विकास ज्ञवालीको रङ्ग संयोजनमा तयार गीतको म्युजिक भिडियोमा विक्रमबाबु विश्वकर्मा,यशु भट्टराई सँगै सुवर्ण दुलाल,शिबाङ्गी क्षेत्री,अनिल सुनार,सङ्गीता सुनार लगायतका कलाकारले अभिनय गरेका छन् ।
भिडियो विक्रमबाबु विश्वकर्मा को आफ्नै अफिसियल युट्युब च्यानल B3 Entertainment मार्फत सार्वजनिक गरिएको छ । गीत “अचार आँपैको टीमलाई सफलताको शुभकामना ।
गीतको म्युजिक भिडियो हेर्नुहोस् –
https://www.youtube.com/watch?v=6fhTAnepbMg&ab_channel=B3Entertainment
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend