साझा नेटवर्क
गुल्मी जिल्ला,ईस्मा गाँउपालिका,वार्ड नम्वर -६,अमरपुर घर भै हाल भारतको सेक्टर ८३,मानेश्वर ,गुरुग्राम मा बस्ने बर्ष ३० की बिनु बस्नेत (थापा)ले आफु डेरा गरि बस्ने कोठामा आत्महत्या गरेकी छिन।बिगत केहि समय देखि गुरुग्राम मा डेरा गरि बस्ने बिनु बस्नेत मानेश्वरको एक कोठीमा घरेलु कामदारको रुपमा कार्यरत थिइन।
बिनुले दाङ्ग घर भएका अमित थापा सँग बिवाह गरेर भारत आएकी थिईन।गुरुग्राम आएको केहि महिना पछि घरेलु हिंसाको कारण देखाउदै श्रीमान छोडेर एक्लै बस्ने गरेकी बिनुको कोठा मा सन्दिप नामको भारतीय युवक पनि आउने,जाने गर्ने गरेको प्रहरी अनुसंधानले देखाएको छ।
घटना थाहा पाउने बित्तिकै घटना स्थल पुगेकी गुल्मी काँग्रेसकी नेतृ तथा सामाजिक अभियान्ता सुनिता जिसी कुँवरले “घटना संङ्कास्पद लागेर घट्ना स्थल पुगेको तर घटनास्थलको प्रकृति देख्दा आत्महत्या को निचोडमा पुगेर फर्केको” बताउनु भयो। “चुकुल भित्र बाट लगाईएको रहेछ।गुरुग्राम प्रहरीले ह्यामरको मद्धतले ढोका फुटाएर लास कब्जामा लिएको रहेछ।भारतीय युवकलाई थप अनुसन्धानको लागि हिरासत में राखेको छ” जिसी ले भन्नुभयो।
भिनाजुले दिए मुखाअग्नि,पतिले गरे दाहसंस्कार
मृतक बिनुकी दिदी,भिनाजु पनि नोयडामा डेरा गरि बस्थे।भिनाजुले गुरुग्राम प्रहरीबाट लास रिसिभ गरेर मुखाअग्नि दिए भने उनका पति दाङ्गका अमित थापाले दाहसंस्कार को आवस्यक प्रवन्ध गरेका थिए।मृतक र उनका पति करिव सात महिना पहिला देखि एक्ला,एक्लै बस्न थालेको प्रहरी अनुसंधान ले देखाएको छ। “मेरा पति रक्सी खाएर आउँछन। अनावश्यक बखेडा निकालेर में सँग मारपिट गर्छन।त्यसैले बरु एक्लै बस्छु”आफन्त सँग मृतकले फोनमा भन्ने गरेकी थिईन। श्रीमान सँग छुट्टिएर एक्लै बस्न थालेपछि निज बिनुको भारतीय नागरिक सँग हिमचिम बढेको पुलिस अनुसंधानले देखाएको छ।
प्रवासमा किन बिचलित बन्छन नेपालीहरु?
नयाँ दिल्ली एन.सी.आर मा आत्महत्याको यो नयाँ घटना भनें होईन।यस अघि पनि धेरै नेपाली चेलीहरुले आत्महत्या रोजेका छन र धेरै प्रकरणमा भारतीय नागरिक हरु सँगको अवैध हिमचिम नै प्रमुख कारण बन्ने गरेको छ। ‘हुदैं खादैंको परिवार लत्याएर एक्लै बस्दा यस्ता किसिमका कुकृत्य हरु मनमा आउने गर्छन। लहै,लहै मा लागेर बिहे गर्ने अनि बढि महत्वकांक्षा ले पनि यस्ता जधन्य घटनाहरु घट्ने गरेका छन’घट्ना बारे जानकारी दिदै गुल्मी-भुर्तुङ्ग सम्पर्क समाजका बरिष्ठ सल्लाहकार मोहन पौडेल ले भन्नुभयो। मानेश्वर प्रहरीले पोष्टमार्टम पछि लास सुपुद्रगी गरेपनि घटनाबारे गहन अनुसंधान गर्न जरुरी छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend