logo
  • शनिबार, असोज १० २०८३

चन्द्रकोट–१ दिब्रुङ्गले सार्वजनिक गर्यो एकवर्षे उपलब्धि


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ ७ ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ्गले एक बर्षका कामहरु सार्वजनिक गरेको छ । जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक बर्ष पुरा भएको अवसरमा वडा कार्यालयले एक सूचना जारी गर्दै विभिन्न २१ बुँदामा एक बर्षे उपलब्धि सार्वजनिक गरेको हो ।
सामाजिक सुरक्षा भत्ता टोल र अति अशक्त व्यक्तिहरुको घर–घरमै पु¥याएको, पञ्जिकरणका कार्यहरु पूर्णरुपमा अनलाईनमार्फत गरेको, वडा कार्यालयको आफ्नै भवनको निर्माण थालिएको, दिब्रुङ्ग लोकेश्वर मन्दिर र परमानन्द आश्रममा अतिथि आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको, पर्यटन प्रवद्धनको लागि दिब्रुङ्ग दह तालको पुन निर्माणसँगै हल निर्माण थालेको, सबैजसो सडकहरु बाह्ै महिना संचालन हुनेगरी कामको थालनी गरेको जनाइएको छ ।

थाम जंगलको मध्य भागको च्यानडाँडा अन्त्यष्टी स्थलमा ट्रष्ट निर्माण गरेको, दिब्रुङ्ग दहमा पानीको मुहान संरक्षण गर्दै दह गाउँसम्म घर–घरमा धारा निर्माण गरेको, साविक वडा नं. ९ को लुग्दी र विशखर्कलाई आलुपकेट क्षेत्रको रुपमा अगाडी बढाएको, स्वास्थ्य चौकीमा ल्याब सेवा संचालन गरेको, पूर्ण खोप वडा सुनिश्चिता गरेको, स्वास्थ्य चौकीको सेवालाई थप व्यवस्थित बनाउनको लागि वैकल्पिक उर्जा जडान गरेको, वडाभित्र दुईवटा सार्वजनिक शौचालय निर्माण गरको वडाध्यक्ष घनश्याम खरेलले बताए ।

विपन्न नागरिकहरुलाई निःशुल्क विद्युत मिटर जडान गरिदिएको, सराङको पधेँराखोलामा मोटरेवल कलवर्ड निर्माण गर्न थालेको, उत्कृष्ट किसानहरुलाई भ्रमणको व्यवस्था मिलाएको, ज्येष्ठ नागरिक सम्मान, युवाहरुलाई प्रोत्साहन, बालबालिकाहरुलाई संरक्षण लगायतका कार्यक्रमहरु संचालन गरेको, मुख्य सडकहरुको स्तरोन्नतीका साथै पक्की सडक निर्माणको लागि पालिकामार्फत प्रदेश र संघीय सरकासँग पहल गरेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend