logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल पत्रकार महासंघ शाखा कतारले १७औं स्थापना दिवस मनायो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार जेठ ७ ।
नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १७ औं स्थापना दिवस भब्य रूपमा मनाएको छ । नेपाली राजदुतावासको सभाहलमा शुक्रबार महासंघले विविध कार्यक्रम गर्दै स्थापना दिवस भब्य रूपमा मनाएको हो । महासंघ कतार शाखाको स्थापना दिवस हरेक वर्ष मे महिनाको ११ तारीक पर्ने भएपनि यसपाली सबैको छुट्टी हुने दिन १९ तारिख शुक्रवार पारेर कार्यक्रम भब्य रूपमा मनाएको हो।
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको सभापतित्वमा भएको कार्यक्रममा कतारस्थित नेपाली कुटनीतिक नियोगका महामहिम राजदुत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले पत्रकार पेशा आफैमा चुनौतीपूर्ण रहेको बताए। नेपालको संविधानले पत्रकारलाई रास्ट्रको चौथो अङ्गमा वर्गीकरण गरेकाले सोही अनुसार समाचार लेखनमा सत्यता,निष्पक्षता हुनुपर्नेमा ढकालले जोड दिए।
उनले केही पत्रकारले समाजमा अफवाह फैलाउने,बिभाजन गर्ने जस्ता “निच ” पत्रकारीता गर्ने हुँदा सबैजना सचेत हुन आग्रह गरे । कतारमा रहेका सम्पुर्ण पत्रकारहरुले आफ्नो पेशालाइ उच्च मर्यादा कायम राख्दै जटिलता ,विश्वशनियता र भोलीको दिनमा निम्ताउने अप्ठ्यारा परिस्थितीहरू सँग जुद्धै कलम चलाउन आग्रह गर्दै दोहामा रहेका विभिन्न संघ संस्था बारे चिन्तन व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए ।

समयमै सुचारु भइ,समयमै सकिएको एक भिन्न कार्यक्रममा मन्तव्यको लागि छुट्टै ६ जना वक्ता हरु तोकिएको थियो । नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भन्डारी पौडेल,सामाजिक बुद्धिजिवि व्याक्तित्वहरु कमलमणि गुराँगाईं, बिमल सुबेदी, एनसीसी कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, रेडियो कतार उर्दुका पत्रकार ओबैद ताहीर,एम ई आकाश बङ्ला – कतार प्रेस क्लब बाटले विभिन्न शीर्षकमा आ-आफ्नो धारण राखे । साथै बोल्ने सबै बक्ताहरुलाई मायाँको चिनो प्रदान गरियो ।

कार्यक्रममा नेपाली समुदायबाट नेपाली व्यवसायी तथा अग्रज व्यक्तित्व डा.देव काजी डङ्गोल र अरेबियन गल्फ(penisula)का सिनियर पत्रकार अशरफ सिद्दिकीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरिएको थियो । त्यसैगरि QN खबरका संचालक अनिल मगर र सारदा भुजेल लाई प्रोत्साहन पत्र प्रदान गरिएको थियो ।

पत्रकार महासंघ कतार शाखाको १७ औं स्थापना दिवसको अवसरमा महासंघको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित भएर सफल तुल्याईदिने सम्पूर्ण संघ- संस्था तथा सामाजिक अभियान्ताहरू प्रति कार्यक्रमका सभापति करिम बक्स मियाँले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

सभापति मियाँले कतारमा रोजगारिको निम्ति आएका हामि नामको अगाडि (पत्रकार )किन थपिएको छ भन्ने बारेमा प्रष्ट पारेका थिए ।महासंघ कतार शाखा अरू संस्थाभन्दा छुट्टै रहेको बताउँदै मियांले भाषण भन्दापनि आफ्नो उदेश्य प्राप्तिमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै कार्यक्रमको समापन गरेका थिए ।

संघका उपाध्यक्ष दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख सल्लाहकार तथा रेगिस्तानी कवि तिर्थ सङ्गम राइले मीठो साहित्यक “कविता “वाचन गरे।कार्यक्रमको सहजीकरण महासंघ कतार शाखाका सचिव अर्जुन पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend