साझा नेटवर्क
दर्शन सुनार, कतार जेठ ७ ।
कतारमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । यहि मे २६ तारिख २०२३ शुक्रबारका दिन कास्की आदर्श समाज कतारको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम हुँने भएको हो ।
“रक्तदान नै जीवन दान हो” “रक्तदान गरौं, परोपकारी कार्यमा सहभागि होऔं “भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कतारको सरकारी अस्पताल हमादको “ब्लड डोनर सेन्टर” मा उक्त कार्यक्रम हुन लागेको समाजले जनाएको छ ।
कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरिदिन हुन समाजका अध्यक्ष अगन्धर देबकोटाले अनुरोध गरेका छन् ।
रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएर दिउँसो १ बजे सम्म रहेको आयोजक संस्था कास्की आदर्श समाजले साझा नेटवर्कलाई जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend