logo
  • शुक्रबार, असोज ९ २०८३

तारावीरको पिरतीको हवाईजहाजमा समिक्षा र दिनेशको उडान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाण्डु जेठ ५ ।

तारावीर पाण्डेको पिरतीको हवाईजहाज बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । धेरै भन्दा धेरै हिट गीत को सिर्जना गरिसकेकी चर्चित गजल, गीतकार तथा कवि शीतल कादम्बिनी को माया प्रेम ले भरिएको उत्कृष्ट शब्दमा साहस शाक्य द्वारा भरिएको मीठो सङ्गीत तथा सङ्गीत संयोजनलाइ चन्द्र चौधरी ले अहिलेका जल्दाबल्दा गायक सङ्गीतकार तारावीर पाण्डेको आवाजमा ध्वनी सम्पादन गरेका हुन भने निर्देशक सिर्जन बराल ले कलाकार दिनेश कठायत र समिक्षा पोखरेल लाई रोमान्चक ढङ्गले छमछमी नचाएका छन ।२०५८ षालमा आधुनिक गीत र सङ्गीतबाट नेपाली साङ्गीतिक दुनियामा हुमिएका तारावीर हालका ब्यस्त गायक सङ्गीतकार मा पर्छन । पहिला पहिला सेन्टिमेन्टल गीतहरु गाउने तपाई आजकल फरक फरक धारका डान्सिङ्ग गीतहरु मात्र निकाल्दै हुनुहुन्छ नि ? हाम्रो प्रश्नमा तारावीर भन्छन यो फिल्डमा टिक्न भर्सटायल बन्नुपर्ने रहेछ, त्यसमा पनि मेला महोत्सव मा प्रस्तुती दिराख्दा दर्शकले मेरा काठे भाकैले, कान्छी i love you, घाम पानी, पिरतीको हवाइजहाज जस्ता गीतहरु रुचाउने भएकोले पनि नाच्ने खाल्का गीतहरु मा अलिक बढी समय दिएको हो, यसो भन्दै गर्दा आधुनिक गीत गर्दै नगर्ने चाहिँ हैन आधुनिक पनि गाइरहेको छु, सङ्गीत पनि गरिरहेकै छु ।

बहु प्रतिभाका धनी तारावीर गायक सङ्गीतकार मात्र हैनन उनी राम्रो कार्यक्रम प्रस्तोता, म्युजिक भिडियो निर्देशक र ठुला ठुला कार्यक्रम का आयोजक पनि हुन । जे होस तारावीरका अन्य गीतहरु जस्तै शीतल कादम्बिनी युट्युब च्यानल मा सार्वजनिक भएको पिरतीको हवाइजहाज बोलको गीतले पनि सफलताको शिखर चुम्न सफल होस हाम्रो पनि शुभकामना ।

भिडियो सहित हेर्नुहोस् …

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend