साझा नेटवर्क
दर्शन सुनार, कतार जेठ ३ ।
लोक गायक अमित सुनारको नयाँ गीत ” पात बजाउदै सार्वजनिक भएको छ । उनले सोमबार बेलुका उक्त गीतको भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।
पछिल्लो समयका हिट सर्जक नन्दु परियारको गितमा लोक गायक बिक्रम बाबु बिस्वकर्मा ले शब्द सिर्जना कोरेका छन । सुनिल बिकको छायांकन रहेको गितको निर्देशन सुनिल बिकले गरेका छन भने मिलन बिस्वकर्माले सम्पादन गरेका हुन । गितको एरेन्जर एच बि एन किस्मतले गरेका छन भने चित्र माझीले भिडियोलाई निकै आकर्षक बनाएका छन ।
उक्त गितमा सुनार संगै गायिका शान्तिश्री परियारले आवाज भरेकी छ्न । गीतले छोटो समयमा स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउदै उनले टिकटक गीत हिट भैरहेको बताए ।
गितको भिडियोमा बिजया बिस्वकर्मा,आभा थापा, सुबर्न दुलाल संगै सुनारले अभिनय गरेका छन सुनारका फुल राम्रो केशरी, सुनका मयालु, भेटै हुन्न की, पिरको पोको छ, जस्ता गित चर्चित छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend