साझा नेटवर्क
दर्शन सुनार, कतार वैशाख ३० ।
तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा गठीत महिला विभागले आयोजना गरेको “दाजुभाइ भेटघाट तथा खानपिन कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ । तमु गुरुङ समाजको मातहतमा रहेका ६ ओटा शाखा समितीको संयुक्त आयोजनामा वैशाख पुर्णिमाको अवसरमा दाजुभाई भेटघाट तथा खानपिन कार्यक्रम सप्पन्न भएको हो ।
समाजको महिला विभागकि संयोजक शिला गुरुङको सभापतित्व तथा एनआरएन ए आईसिसीका सचिब प्रबिन गुरुङको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो । तमुहरुको सस्कांर अनुसार चेलीबेटी र माईतीहरुले प्रमुख अतिथी गुरुङलाई खेगी र गादाद्धारा सम्मान गरेका थिए । महिला सह-संयोजक रन्जना गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको बारेमा समाजकी अध्यक्ष तथा कार्यक्रम संयोजक टौमाया गुरुङले प्रष्ट पार्दै चेलीबेटीहरुले दाजुभाईहरुलाई एक सम्बन्धमा रहने बताउदै प्रकाश पारेकी थिईन ।
कार्यक्रममा कतारमा स्थापित थुप्रै संघ-सस्थांका अध्यक्ष तथा प्रतिनिधी समाज र संघका कार्यसमितीका पदाधिकारीहरुको।बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा चेलीबेटीले त थुप्रै माईतीहरुलाई गलबन्धी तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने तेज गुरुङ र दुर्गा गुरुङलाई विशेष खेगीद्वारा सम्मान गरिएको थियो ।
बैशाख पुर्णिामा बिशेष गरी चेलीबेटी र दाजुभाइको सम्बन्ध कायम रहने र पितृहरुको सम्झनामा घाटु विशेष गरि गुरुङ, मगर समाजले मनाउने प्रचलन रहेको बताउदै घाटुको बारेमा कृष्ण गुरुङले प्रष्ट पारेका थिए । तिलमाया गुरुङ, रन्जना गुरुङ ,र रेजिना गुरुङले घाटु नाच नाचेका थिए ।
गायक गोबिन्द गुरुङ र विशाल गुरुङले आफनो प्रस्तुति दिएका थिए । टेकराज गुरुङ, रेजिना गुरुङ, सुस्मा लामा, सुजन राई, अमित राई, रेजिना गुरुङ, सलिना गुरुङ, मौसमी गुरुङ, सुमीत्रा गुरुङ, समि गुरुङ, रन्जना गुरुङले आफ्ना नृत्य पेश गरेका थिए । कार्यक्रमको सभाहलमा अस्मी गुरुङ र विशाल गुरुङको प्रत्यक्ष दोहोरी निकै घम्साघम्सी चलेको थियो र कार्यक्रममा निकै रौनक थपेको थियो ।
समाजले अघिल्लो बर्ष ल्होसारको निम्ती आर्थिक संकलन गर्ने भन्ने उद्देश्यले सन्चालन गरेको चिठ्ठा कार्यक्रम समाजले सोही कार्यक्रममै नतिजा सार्वजनिक गरेका थियोे नतिजा प्रकाशितमा चिठ्ठा न ००४८ कृष्ण, चिट्ठा न ०८८४कृष्ण भुजेल चिठ्ठा न ५०० पशुराम थापा तिन जनालाई तृतीय पुरुस्कार स्मार्ट वाच जितेका छ्न । त्यस्तै चिठ्ठा न ११५४ बिल कुमारीलाई दित्तिय पुरुस्कार पाच ग्राम सुन र प्रथम पुरुस्कारको भाग्यशाली चिठ्ठा न ०३६४ नम्बरको १० ग्राम सुन मुना तामाङले जितेकी छिन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले तमु समाज हरेक क्षेत्रमा अग्रसर भएर शसक्त भएर अगाडी बढने कुरा बताउदै कार्यक्रम सभ्य र भब्य सफल भएको बताउदै तमु समाजको टिम र हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गरे । समाजका महासचिव डिजन गुरुङले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति गुरुङले तमुहरुको परम्परा संस्कृतिलाई जगेर्ना गर्दै प्रवासमा पनि माईतीहरुलाई यसरी सम्मान गर्न पाउँदा हर्षित रहेको बताउर्दै कार्यक्रमलाई सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेकी थिईन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend