logo
  • शनिबार, साउन ३० २०८३

हरिनाशको तेस्रो वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार वैशाख २३।
स्याङ्जा सहयोग समाज हरिनाश गाउपालिका ईकाई कतारले तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । आमोर बालगृहको सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम २०२३ मनाएको हो इकाईका कावा अध्यक्ष चन्द्र विस्वकर्माको सभापतित्व भएको कार्यक्रममा स्याङ्जा सहयोग समाजका कावा अध्यक्ष घनश्याम जैसीको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाली पञ्चे बाजालाई पुजेर बाजाको धुन सङ्गै ब्यानर अनावरण गरि दिप प्रज्वलन सहित केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।कार्यक्रममा समाजका दित्तिय उपाध्यक्ष राजेश मानन्धरले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा गोबिन्द गुरुङ, रेश्मा सेन्चुरी, शान्ती ओली, सुरेश बिसी, श्रष्टी लामा , प्रबिन छिनाल लगायत अन्य कलाकारहरुले साँङ्गितिक प्रस्तुति दिएका थिए । कार्यक्रमको हलमा विभिन्न इकाईका अध्यक्ष तथा प्रतिनिधिहरु पत्रकार, कलाकार खेलाडीहरु साथै पञ्चे बाजाका सम्पुर्ण टिमको उपस्थिति रहेको थियो ।

समाजले वार्षिकोत्सवका अवसरमा संस्था भित्र रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने ब्यक्तित्वहरु स्याङ्जा जिल्लामा जन्मेर कतारका विभिन्न संघ-संस्थामा प्रतिनिधित्व गरेका ब्यक्तित्वहरु, पत्रकार, कलाकार, खेलाडी लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो नौमती बाजाको प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी जैसीले जिल्लामा भएका हरेक सामाजिक कार्यमा समाजले हातेमालो गर्दै अगाडी बढेको बताउदै हलमा उपस्थित भएका सम्पुर्णलाई धन्यवाद दिए । समाजका सचिव सुनिल परियारले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति विस्वकर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend