साझा नेटवर्क
चक्र चन्द , गुल्मी बैशाख २० ।
लोकप्रिय गायीका निर्मला थापा मगरको पञ्चेबाजा गित “बोली सारै मीठो” भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ । द भ्वाईस अफ नेपालका बिजेता सि.डि बिजय अधिकारी र निर्मला थापा मगरको स्वर रहेको गितमा पछिल्लो समयका ब्यस्त मोडल रायन बस्याल र सिर्जना मगरको अभिनय रहेको छ ।
अहिलेसम्मकै फरक शैलीको पन्चेबाजाको धुन मिश्रण गरिएको गितमा सुरेस रानामगरको शब्द,संगीत र बिश्वास नेपालको एरेन्ज रहेको छ । गुल्मीको रमणीय स्थल दिगाममा छायांकन गरिएको गित अत्यन्तै मौलिक शैली र गाउँले परिवेश सुहाउँदो बनेको छ ।
आफ्नो जिवनको पहिलो पन्चेबाजा गित भएको भन्दै गायक सी.डी.बिजय अधिकारीले सुनेर तथा भिडियो हेरेर साथ दिन सबैलाई आग्रह गरेका छन् । गित निर्मला थापा मगर अफिसियल युटुब च्यानल मार्फत बजारमा सार्वजनिक भएको छ ।
गितको भिडियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend