साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान बैशाख १९ ।
ढाका तथा ऊनी बाट लुङ्गी बुनाइ सम्बन्धि ६० दिने तालीम,बुटिक तथा हाते कटाई सम्बन्धि ३० दिने तालिम र सिलाइ कटाई सम्बन्धि ६० दिने सीप बिकास तालिम गौमुखी गाउँपालिका १ अर्खामा सम्पन्न भएको छ ।
गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले समापन कार्यक्रममा बोल्दै तालिम लिएर मात्र नहुने सीप सिकेर व्यावसायिक बन्न र निरन्तर आफ्नो ब्यबसाय संचालन गरि जीवन यापन गर्न सकिने र रोजगारी सिर्जना हुने बताउनु भयो । गौमिखीमा स्थानीय स्तरमा उत्पादित अल्लो कपडा बुनाइ ,ढाका कपडा ,होजियारी ,बुटिक सिलाइ कटाई लगायतका धेरै रोजगारीको माध्यम रहेकोले आफ्नो सीप निरन्तर प्रयोग गरि व्यावसायिक बन्न अनुरोध गर्नु भयो ।
स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु बजारीकरण र साना तथा मझौला उधोगलाई प्रोत्साहन गर्न सकेमा जनताको जीवन स्तर माथी उस्कने गौमुखीमा उत्पादन भएका बस्तुहरुले गौमुखी गाउँपालिकाको चिनारी हुने र पर्यटन प्रबर्द्धनका लागि पनि गन्तब्य बन्न सक्ने बताउनु भयो । यो सीप बिकास तालिम बेसिक मात्र भएको र पेशामा व्यावसायिक बन्न र निरन्तर सिक्न चाहनेहरु लागि सहयोग गर्ने बताउनु भयो । भने सहभागीहरुले सीप सिक्न पाउँदा खुशी भएको र तालिमलाई निरन्तर दिनका लागि पालिका संग अनुरोध गरेका छन ।
गौमुखी गाउँपालिकाको आयोजना तथा नेपाल सरकार तथा उधोग बाणिज्य आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा यो बर्ष गौमुखी वडा न १र २ का ८० जना उद्द्मीले सीप त क्षमता हासिल गरेका छन भने समापन कार्यक्रमको संचालन गोमा पुनले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend