logo
  • शनिबार, असोज १० २०८३

बिद्युतिय मोटरसाइकल- Khatri -01 बनाएका युवाले आर्थिक अभावमा नयाँ स्वरुप दिन सकेनन्


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

आश्विन कार्की,कपिलवस्तु बैशाख  १९ ।

कपिलवस्तु को बाणगङ्गा नगरपालिका -९ पडरिया मा सामान्य परिवारमा जन्मिएका रेशम खत्री आधारभुत तह मात्रै अध्यन गरेका छन् आर्थिक अभाव र अन्य कारणले गर्दा पढाईलाई अगाडि बढाउन नसकेका उनी पेसाले सामान्य इलेक्टि्सियन हुन् ।पढाईमा सामान्य रहेता पनि केही गर्न खोज्ने लाई पढाई ले रोक्दैन भनेर उदाहरण बन्नेका छन् । नेपाली समाज मा पढाईलाइ मात्रै महत्त्व दिने तर सबै व्यक्ति पढाइमा अगाडि हुन सक्दैन अन्य क्षेत्रमा सक्षम हुन सक्छन् भनेर नबुझ्ने गरेको भन्दै खत्रीले अहिलेको शिक्षा प्रणालीले केवल मानिसलाई पढ्न लेख्न सिकाएर साक्षर बनाउने मात्र भएको छ यसले जीवनमा चाहिने कौशल , प्राविधिक ज्ञान र व्यावसायिक दक्षताको विकास र उत्पादकत्वको प्रबर्धन गरेको छैन र गर्दैन ।

यसले मानिसलाई चिन्तन गर्न त सिकाउदै सिकाउदैन भन्छन् विधुतिय मोटरसाइकल निमार्ण गर्ने समय के हि व्यक्तिले नराम्रो प्रतिक्रिया दिदै मजाक उडाका थिएर तर अहिले यो विधुतिय मोटरसाइकल चडेर हिड्दा रोकेर राम्रो प्रतिक्रिया सँगै बधाई दिने गरेका छन् जसले अझै उर्जा थपेको बताउँछन इन्धन (पेट्रोल) बाट चल्ने थोत्रो मोटरसाइकल लाई पुरै परिमार्जन गरेर अहिले उनले इलेक्टि्रक बाइक बनाएका छन् । अहिले उनी दिनहुँ एसैमा हिड्छन् । आफ्ना दैनिक काम एसैलाइ सवारी बनाएर गर्छन् ।

खत्रीले मोटरसाइकल – Khatri -01 हाललाइ एकपटक फुल चार्ज गरिसकेपछि १५० किलो मिटर भलवाड का कुना- कुना मा कुद्छ । आफू सामान्य परिवारको व्यक्ति भएको कारण आर्थिक अभाव का कारण आफुले चाहेजस्तो स्वरुप दिन नसकेको र कुनै निकाय बाट केही मात्रै सहयोग भए थप राम्रो गर्ने थिए। यद्यपि कसैको सहयोग नभए पनि भबिस्यमा आफ्नै मेहनत र आफ्नै कमाइबाटै अझै राम्रो बनाउ सपना रहेको खत्री बताउछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend