साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी वैशाख १४ ।
नवलपरासीमा ३ लाख ६२ हजार ६ सय १६ मुल्य बराबरको अबैध कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार बर्दघाट नगरपालिका वडा नं.४ स्थित मिनादेवीको घरको सटरबाट भारतबाट अबैधरुपमा भन्सार छली ल्याईएको कपडा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक मदन बस्याल र राजश्व अनुसंधान बुटवलबाट राजश्व अधिकृतको कमाण्डमा खटिएको संयुक्त टोलीले सर्टिङ थान कपडा १ हजार ३९ मिटर,सुर्टिङ थान कपडा १७२ मिटर गरी ५ प्याकेट कपडा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको कपडा आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पण्डेले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend