logo
  • शुक्रबार, असोज ९ २०८३

कतारमा खुल्यो “जम्काभेट” नेपाली रेष्टुरेन्ट


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार वैशाख ११।
पछिल्लो समय कतारमा नेपालीहरुले व्यवसायलाई बिस्तार गरीरहेका छन । व्यवसाय बिस्तार गर्ने क्रममा कतारको उमसलाल अलिमा नेपाली “जम्का भेट रेष्टुरेन्ट” थपिएको छ । रेष्टुरेन्टको आइतबार दिउँसो औपचारिक रुपमा उदघाटन गरिएको छ । नेपाली व्यवसायी आरसी पन्त र दिपक रिमालले मिलेर संचालनमा ल्याएको उक्त रेष्टुरेन्टको लोक तथा दोहोरी गायक बद्री पगेनीले रिबन काटेर उदघाटन गरेका हुन ।
उदघाटन लगत्तै शुभकामना दिदै गायक पगेंनीले आफु अर्को पटक कतार आउदा कतारमा सबै भन्दा मीठो खाना जम्का भेट रेष्टुरेन्टमा पाईन्छ भनेको सुन्न पाईयोस भनी शुभकामना दिए । रिबन काटेर उदघाटन गर्न पाएकोमा जम्का भेट परिवारलाई हार्दिक आभार प्रकट गर्दै कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी सबैलाई नेपाली स्वादको खानाका लागि त्यहॉसम्म पुग्न आग्रह गरे ।
उमसलाल अलीको रिजेन्सी हाईपर मार्केटको नजिकै पापा जोनको छेउमा रहेको रेष्टुरेन्टमा नेपाली स्वादमा बिभीन्न परिकारका खाना उपलव्ध रहेको र होमडेलिभरीको सुविधा समेत रहेको संचालकहरुले जानकारी दिए ।

उदघाटन कार्यक्रममा नेपालबाट आफ्नो साङ्गितिक दिन आएका जनवादी गायक जीवन दाहाल, लोक दोहोरी गायिका माया गुरुङ बागमती प्रदेशका अध्यक्ष राज देबकोटा, जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि भन्डारी कतारमा सुन ब्यबसायी लक्ष्मी दर्नाल, नेपाली प्रवासी मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाटी, समाजसेवी झबिन्द्र आचार्य लगायत थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend