logo
  • शुक्रबार, असोज ९ २०८३

लुम्बिनी प्रदेश समन्वय परिषद कतारले बार्षिक भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार।
लुम्बिनी प्रदेश समन्वय परिषद, कतारले बार्षिक भेला तथा नेपाली नयाँ बर्ष २०८० अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
“हामी परदेशिको चाहना, समृद्ध प्रदेश हाम्रो कामना “भन्ने मुल नाराका स्थापना भएको लुम्बिनी प्रदेश समन्वय परिषद कतारले विभिन्न समयमा स्वास्थ्य शिविर रक्तदान कार्यक्रम जस्ता  मानवीय कार्यहरू गर्दै कतारमा समाजिक संघ संस्थाहरु संग सामाजिक कार्यहरूमा हातेमालो गर्दै  समन्वयकारी भूमिकाः निर्वाह  गर्दै आएको छ ।

यही आउदो शुक्रबार अर्थात २८ अप्रिल २०२३ का दिन परिषदको बार्षिक भेला तथा नेपाली नयाँ बर्ष शुभकामना आदानप्रदान कार्यक्रम गर्न गइरहेको कार्यक्रम तयारी भइरहेको परिषदका बरिष्ठ उपाध्यक्ष कार्यक्रम संयोजक डिल्लीराम भट्टराईले साझा नेटवर्कलाई जानकारी गराए । कार्यक्रमको लागी कतारमा स्थापित सम्पुर्ण सामाजिक तथा वैचारिक संघ संस्था सामाजिक अभियान्ता, व्यवसायी तथा बुद्धिजीवी पत्रकारहरुलाई पत्राचार गर्न तयारी रहेको बताए।

कतारलाई कर्मथलो बनाउदै आउनु भएका  समस्त लुम्बिनी प्रदेश बासी दाजुभाइ तथा दिदिबहिनी एवम् लुम्बिनी प्रदेश समन्वय परिषदको सदस्यता लिनुभएका सम्पुर्ण  पजिकृत परिषद सदस्यहरुलाई कार्यक्रममा उपस्थितको लागि हार्दिक अनुरोध समेत गरे ।

कार्यक्रम समयमै सन्चालन गरिने जानकारी गराउदै समयको ख्याल गर्दै समयमै उपस्थित भइदिन सबैमा हार्दिक अनुरोध गरेका छन्  ।

 तपशिल
मिति : २८ अप्रिल २०२३
समय : बिहान ११;३० बजे
स्थान : फुलबारी इस्पाइसी रेस्टुरेन्ट सनैया

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend