logo
  • शुक्रबार, असोज ९ २०८३

प्रवासी नेपाली मञ्च कतारको बृहत जन साँस्कृतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार वैशाख १० ।
प्रवासी नेपाली मञ्च कतारको आयोजनामा “बृहत जन साँस्कृतिक २०२३ ” कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । नेपाली नयाँ वर्ष २०८० तथा इद उल फित्रको शुभ अवसर पारेर, सहनिया स्थित अलदोसरी जु गार्डेनमा नेपालबाट निमन्त्रणा गरिएका कलाकारहरु चर्चित गायक बद्री पंगेनी, जनवादी गायक जीवन दाहाल र लोकदोहोरी गायिका माया गुरुङ लगायत स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुतिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
विविध औपचारिक रुपमा उट्घाटन गरि सुचारु गरिएको कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष प्रभात त्रिपाठि र प्रमुख आथित्यता नेपाली दूतावास कतारका महामहिम राजदुत नरेश बिक्रम ढकाल रहेका थिए । कार्यक्रममा दोहामा स्थापित विभिन्न बैचारिक सङ्गठन, सामाजिक व्याक्तित्व, जिल्लागत संघ- संस्था लगायत मञ्चमा आबद्ध विभिन्न तह तप्काका पदाधीकारी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक प्रेम बिस्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न संघ-सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।  वक्ताहरुले दोहाको समाजमा प्रवासी नेपाली मञ्च कतारको एउटा छुट्टै छाप रहेको र नेपाली श्रमजिविहरुको हक हितको लागि बुलन्द आवाज उठाएकोमा सन्तुष्टि व्यक्त गरे ।
स्थानीय कलाकारहरु शान्ती ओली, लुना खतिवडा, मनिष गोस्वामी, रेशमी बिक देब बिस्वकर्मा , कृजल पन्थी,  जिया हमाल लगायत मगर संघ कतारका कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो  ।
कार्यक्रमलाई साङ्गितिक माहोल बनाउनको लागी नेपाल बाट कतार आएका जनवादी कलाकार जीवन दाहालले झरनाको चिसो पानी, पोहोर साल लडाई चल्यो, हामी आयौ एमाले जस्ता आफ्ना लोकप्रिय गित पस्किए लोकदोहोरी गायिका माया गुरुङले मालढुङ्गा काटेर, घुम्टी मुनि रोड भयो लगायत आफ्नो गायन पस्किन, साथमा गायक दाहाल र गुरुङ बिचको दोहिरीले कार्यक्रम निक्कै भब्य रोमाञ्चक माहोल बनेको थियो ।

करिब हजार दर्शक उपस्थित रहेको सहानिया स्थित अलदोशरी जु गार्डेनको सभाहलमा कार्यक्रमका, आकर्षक चर्चित लोकदोहोरी गायक बद्री पगेंनीको प्रस्तुतिमा झुम्न र रमाउन दर्शकहरु फ्यानहरु साझँ सम्म पर्खिरहे तिम्रो घरमा मेरी छोरी भन्ने गित बाट आफनो प्रस्तुति राख्न सुरु गरेका पगेंनी ले पानी सलल, भिरको बाटो जस्ता दर्जनौ गित कार्यक्रममा पस्किदा कार्यक्रम रोचक बन्यो । स्थानिय कलाकार रेशमी बिक र पगेंनीको दोहोरी त झनै घम्सा-घम्सी परेको थियो दोहोरीले दर्शकलाई थप भरपुर रमाइलो थपेको थियो ।

शुभकामना मन्तव्य बोल्दै प्रमुख अतिथी ढकालले बिदेशमा रहेका नेपालीहरुलाई नेपाली राजदूतावास बाटै पुन: श्रम स्वीकृति प्रदान गरेको बताउदै दूतावासमा सम्पर्क गर्न आग्रह गरे । विश्वको आर्थिक अबस्था गम्भीर रहेको बताउदै आफ्नो देश, गाउँ , समाजको दुख सम्झेर एक एक पैसा जम्मा गरेर नेपाल पठाउन सम्पुर्ण नेपाली समुदायलाई अनुरोध गर्दै नेपाली समुदाय बिच हुने तिक्तता, असन्तुष्टिलाई बिर्सेर अगाडी बढन आग्रह गर्दै हाम्रो सम्बन्ध, मित्रवत सम्बन्ध राम्रो बनोस भन्ने कामना गर्दै इद पर्वको शुभकामना व्यक्त गरे ।

उपसंयोजक शिवराम ढकालले साँस्कृतिक कार्यक्रम र मञ्चका सचीव बिनेश तामाङले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष प्रभात त्रिपाठिले बोल्दै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यमबाट सहयोग गर्ने तथा नेपालबाट आमन्त्रित कलाकार लगायतलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend