साझा नेटवर्क
दर्शन सुनार, कतार बैशाख ९ ।
लोक तथा दोहोरी गायक अर्जुन सापकोटाको नया गित “बम्मै जानी रेल” सार्वजनिक भएको छ । बिहिबार बेलुका सापकोटाको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा सार्वजनिक गरेका हुन ।
पछिल्लो समयका हिट सर्जक शिव हमालको गीतमा शब्द सिर्जना तथा सापकोटा स्वयंले संगीत भरेका छन । अजय रेग्मीको छायांकन रहेको भिडियोको निर्देशन दिपक बिष्टले सम्पादन गरेका हुन । गीतको एरेन्जर सुनिल परियारले गरेका छन् भने काजिश श्रेष्ठले भिडियोलाई निकै आकर्षक बनाएका छन ।
निकै छोटो समयमै टिकटकमा गितले अत्याधिक चर्चा कमाएको छ । गीतमा सापकोटा र शान्ती श्री परियारले आवाजमा भरेका छन् । गित अत्याधिक रुपमा रुचाईएको र दर्शक श्रोताले अत्यन्तै मन पराएको अनि राम्रो प्रतिक्रिया आएको सापकोटाले साझा नेटवर्कलाई बताए ।
गितको भिडियोमा गायक अर्जुन संगै दिव्या न्यौपाने बादल घिमिरे र क्रिष्टल सापकोटाले अभिनय गरेका छन् । अर्जुनका बनका चरी, ए ठुली, सिमलैमा मैना, मायाले अन्तै घरबार जमायो जस्ता दर्जनौ गित चर्चित तथा करोड क्लब नाघेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend