साझा नेटवर्क
अनिल खत्री, गुल्मी वैैशाख ९।
साझा नेटवर्क मिडिया प्रालि गुल्मीले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान, पत्रकार सम्मान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । भित्ते पात्रो रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले विमोचन गरेकी हुन् ।
पात्रो विमोचन गर्दै रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले सञ्चार क्षेत्रको विकाससँगै बिश्व साँघुरिएको बताइन् । उनले बिश्वकै घटना छिनभरमै हातहातमा हेर्न पाइने विकास भइरहेको बताइन् ।
उनले पछिल्लो समय अनलाइन सञ्चार माध्यमले निकै फड्को मारेको बताइन । सबैक्षेत्रको सुशोेचित गर्ने संस्था सञ्चार माध्यम भएकाले सहि सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन ।
साझा नेटवर्क मिडिया प्रालिले विगत १४ वर्ष यता गुल्मी जिल्ला र देशभरका समाचारहरु सम्प्रेषण गर्दै आएको साझा नेटवर्क मिडिया प्रालिका सम्पादक दीपक खनालले बताए । साझा नेटवर्कलाई विभिन्न तवरले सहयोग गरेको भन्दै क्रियाशिल पत्रकार प्रिन्स मीश्र र रञ्जीत चौरासीयालाई सम्मान गरिएको संस्थाका सल्लाहाकार हिमशिखर रसाईलीले बताए ।
संस्थाले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार सम्मान गर्दै आएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पूर्व अध्यक्ष जनार्दन घिमिरे, हुमाकान्त पोखरेल, लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend