साझा नेटवर्क
दर्शन सुनार, कतार बैशाख ६।
स्याङ्जा सेवा समाज कतारले रमजानको अवसरमा शुभकामना तथा ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजान तथा नयाँ बर्ष २०८०को पावन अवसरमा शुभकामना आदान- प्रदान तथा ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो ।
समाजका कार्यवाहक अध्यक्ष घनश्याम जैसीको सभापतित्वमा समाजका पुर्व अध्यक्ष तथा बर्तमान संरक्षक गुरु नारायण भाटको प्रमुख आतिथ्यता रहेको थियो । कुरान तिलावत बाचन गरेर धर्म गुरु मौलाना नाजिर मियाले कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा स्याङ्जा सेवा समाजका सह- आयोजक सम्पुर्ण ईकाईका अध्यक्ष तथा प्रतिनिधि साथै समाजका सम्पुर्ण टिम र कतारमा रहने स्याङ्जाबासीको उपस्तिथि रहेको थियो । विभिन्न ईकाईका अध्यक्ष तथा प्रतिनिधीहरु समाजका प्रमुख सल्लाहकार साथै संरक्षकहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा धर्म गुरु मौलाना नाजिर मियाले ईस्लाम धर्मावलम्बीको पबित्र महिना रमजानमा कठोर उपवास बस्ने, सामुहिक ईफ्तार र सामुहिक नमाज कल्याणका लागी अल्लाहसँग दुआ प्राथाना गर्ने तथा मौन व्रत बसे पुण्यप्राप्त हुने बताउदै रमजानको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्यमा बोल्दै प्रमुख अतिथी गुरु नारायण भाटले आफु जन्मभुमीमा भन्दा कर्मभुमीमा लामो समय सम्म यहाँ बस्दै आएकोले रमजानको महिनामा आफुलाई एक्दमै खुशी लाग्ने बताए । स्याङ्जा जिल्लाका सम्पुर्ण मुस्लिम समुदायका दाजुभाई सङ्ग यहाँ मात्र न भै जिल्लामा पनि हाम्रो भाईचारा कायम रहने बताउदै सम्पुर्ण ईस्लाम धर्मावलम्बी दाजुभाईहरुलाई नयाँ बर्षको शुभकामना व्यक्त गरे ।
महासचिब टेक गैरेले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति जैसीले आफु सदैब सामाजिक कार्यमा गुरुहरुले दिएको दिशा निर्देशन शिरोपरी गर्दै आगामी दिनमा अझै अगाडी बढने बताए । हामी प्रदेशमा भएतापनी हाम्रो धार्मिक भाईचारा सामाजिक एकताको भावना हामी बिच मान सम्मान सदैब कायम रहने बताउदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई पबित्र महिना रमजान तथा नयाँ बर्षको शुभकामना सहित धन्यवाद ज्ञापन गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend