logo
  • शुक्रबार, असोज ९ २०८३

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको आयोजनामा बृहत ईफ्तार कार्यक्रम सप्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार वैशाख ४।
शनिबार दोहा स्थित कतार च्यारिटीको सभाहलमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले रमजानको अवसरमा शुभकामना तथा ईफतार कार्यक्रम सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजान तथा नयाँ वर्ष २०८० को पावन अवसरमा शुभकामना आदान-प्रदान तथा बृहत ईफ्तार कार्यक्रम सप्पन्न भएको हो ।
समाजका अध्यक्ष अजमत अलीको सभापत्तित्व तथा नेपाली राजदूतावासका महामहिम डा:नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो कुरान तिलावत वाचन गरेर मौलामा मोहम्मद कमरले कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा धर्म गुरु मौलाना नाजिरले रमजानमा रोजा अनिवार्य भएको बताउदै रमजान ईस्लाम धर्मावलम्बीहरुको पाचौं स्तम्भ मध्य तेसो स्तम्भ भएको बताए ।
कार्यक्रमको सभा हलमा एनआरएनए विभिन्न बैचारिक, धार्मिक दोहामा स्थापित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समाजसेवी,बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । मौलाना गुलाम नबिले नाथ सरिफको बारेमा प्रष्ट पारेका थिए ।कार्यक्रममा प्रमुख अतिथी ढकालले नेपालीहरुले सबै धर्मको सम्मान तथा सत्कार गर्ने बताउदै नेपाली चाड पर्वमा सबै समुदायलाई सधै खुसी देख्न पाईयोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष अख्तर हुसेनले स्वागत मन्तव्य राखेको कार्यक्रममा मौलाना मोहम्मद सईदले दुवा मागेका थिए । महासचिव ईक्वाल मियाले संचालन गरेको कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष अलीले रमजानमा सम्पुर्ण नेपाली समुदायको भाईचारा, माया र सद्भाव कायम रहोस भन्ने कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend