logo
  • शनिबार, असोज १० २०८३

शासकिय स्वरुप र संघीयतामा जनताको भावना कदर नगरे व्इवस्था खतरामा : सांसद पन्थी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

यमलाल भुसाल,  बुटवल बैशाख ३ ।
लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीले मुलुकमा राजनितिक र आर्थिक स्थिरताका लागि प्रमुख दलहरुबीच सहकार्य जरुरी रहेको औल्याउनु भयो । हिजो देखि देशका विभिन्न परिवर्तन र त्यसलाई स्थापित गर्न कांग्रेस एमाले लगायत मुख्य दलहरुबीच सहकार्यको स्मरण गर्दै आज पनि प्रमुख राजनितिक दलको सहकार्य आवश्यक रहेको सांसद पन्थीले बताउनु भयो ।
दलहरु बिचको खिचातानीले प्राप्त उपलब्धीहरु खतरामा पर्न लागेको र यसको मौका छोपेर एजेण्डा बिहिन शक्तिहरु र परिवर्तन नचाहने शक्तिले टाउको उठाउन थालेकाले जनस्तर बाट पनि दबाब सिर्जना गर्नुपर्ने उहाँले जोड दिनु भयो् ।

गुल्मी सिर्सेनी सम्पर्क समाज रुपन्देहिले आज बुटवलमा गरेको भित्तेपात्रो बिमोचन नयाबर्षकोे शुभकामना आदान प्रदान कार्यक्रममा सांसद पन्थीले अब राजनितिक दलहरुले शासकिय ब्यवस्था र संघीयता प्रती जनताको अहिलेको दृष्टिकोण जुन छ यदी यसलाइ समयमै सम्बोधन गर्न नसके बर्तमान ब्यवस्थानै खतरामा पर्ने जिकिर गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend