logo
  • शनिबार, भाद्र २० २०८३

हिमालय लोक स्टारको शीर्ष पाँचमा सन्तोष विजेताको लागि भोटको आग्रह


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

किरण अधिकारी, काठमाण्डौ  वैशाख ३ ।
हिमालय टेलिभिजनबाट प्रसारित आई.एम.ई हिमालय लोक स्टारको शीर्ष पाचमा पुगेका गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं ४  ढाडा निवासी सन्तोष क्षेत्री  अहिले गुल्मी जिल्लालाई लोक संगीत मार्फत  देशैभर चिनाउनेलक्ष्यमा लागिरहेका छन् । निकै लामो सङ्घर्ष  पश्चात लोक स्टारको विजेता बन्ने लाइनमा उनले आफुलाई उभ्याएका छन् ।
विजेता बन्नलाई उनलाई अहिले अत्याधिक भोटको खाँचो छ आजसम्म आफैं गला र कलाले यहासम आएपनि फाईनलमा विजेता बन्नको लागि अत्याधिक भोटको आवश्यक परेको हुँदा देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली समक्ष भोटको लागि आग्रह गरेका छन्। गला कलाका धनि सन्तोष बिगत १० वर्षदेखि साङ्गीतिक क्षेत्रमा सङ्घर्षरत छन ।

बाल्यकाल देखि नै सुरिलो स्वरका धनि सन्तोष गाउँकै श्री राम राज्य उच्च माध्यमिक विद्यालय दोहलीबाट कक्षा १० उतिर्ण गरेसंगै उनी निरन्तर साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गर्दै आएका छन् । लोक दोहोरी लगायत धार्मिक महायज्ञमा भजन कीर्तन संगै आधुनिक गित संगै पुर्वेली भाका  र पश्चिमेली गित लगायतका सबै बिधाका गित गाउन सक्ने सन्तोषले पछिल्लो समय गाएको गीत, फोटो मायाको सम्झना लामो भो छोटो मायाको बोलको गीतले अत्याधिक चर्चा कमाएको थियो ।

सन्तोष भन्छन् गित संगीतमा  १० वर्ष  जति अनवरत रूपमा गित संगीतमा लागि रहदा पनि  सोचेको जस्तो भएको छैन । आफ्नो एकल प्रयासबाट मात्र सफलताको शिखरमा पुग्न धेरै कठिन रहेको र आफ्नो  प्रतिभा हुँदा हुँदै पनि यो क्षेत्रमा लाग्नको लागि हौसला प्रदान गर्ने घर परिवार र अभिभावक नभएको कारणले गर्दा आफ्नो आफ्नो लक्ष्यमा पुग्न नसकेको उनले बताउछन् ।

बुबा आमा  दुवै हुनुहुदैन एउटा दाई र एउटी बहिनी छन उनिहरु आफ्नै भविष्यको खोजीमा छन् ।  परिवारमा  बुबा आमा को साथ नभएपछि अगाडि बढ्न धेरै गार्हो हुने र आज सम्म जे जसरी  गित संगीतमा अगाडि बढेपनि त्यो सबै  इष्ट मित्र साथि संगिहरूको सहयोग बाट मात्र आज यहाँ सम्म पुगेको सन्तोषले बताउँछन्।

हिमालय लोक स्टारमा सहभागी हुनका लागि कस्ले प्रोत्साहित गर्यो भन्ने पश्नमा१ सन्तोष भन्छन प्रोत्साहन त कसैले गरेको थिएन एक दिन टेलिभिजन हेरेर बसिरहेको थिएँ  त्यसमा एउटा साङ्गीतिक रियालिटी सो मा  विजेताको बारेमा खुब चर्चा भैरहेको थियो । त्यतिबेला नै मनमा एउटा कुरा गढ्यो, चर्चा  हुन्छ जितकै र अगाडि बढ्ने हरूकै मात्र र आफुलाई लाग्यो म पनि गित गाउन सक्छु, म पनि त यस्तै साङ्गीतिक रियालिटी सो मा अब भाग लिन्छु  भन्ने अठोट गरे ।

त्यसको केही समयपछि हिमालय टेलिभिजनमा आइ.एम.ई. हिमालय लोक स्टार भन्ने कार्यक्रम आयो र म त्यस कार्यक्रमको लागि अडिसन दिए पास भए ।  विस्तारै विस्तारै सङ्घर्ष गर्दै सिक्दै आफुलाई सुधार्दै जनताको माया र साथ पाउदै  आज फाईनल सम्म  आएको छु  विजेता पनि बन्छु की भन्ने आस पनि छ सन्तोष भन्छन्।

गुल्मीको माटोले जन्माएको सन्तोष जस्ले सम्रग गुल्मी जिल्ला र  इस्मा गाउँपालिका लाई देशैभरी चिनाउने दौडानमा छन  उनको त्यो प्रयासलाई साथ दिने जिम्मेवारी तपाईं हामी मा आएको छ। एकपटक  सन्तोषलाई सबैले भोट गरेर विजयी बनाउ। जस्ले आफ्नो सपना पुरा गर्न  यात्रा सुरु गरेको छन ।

यो यात्रामा सबैले आ-आफ्नो ठाउँबाट सकेजति भोट गरेर  सहयोग गरी  हौसला प्रदान गरौं । सपना त्यसैको पुरा हुन्छ जस्ले अनवरत रूपमा हार नमानि निरन्तर अगाडि बढिरहन्छ । तपाईंको एक एक भोटले उनको यात्रालाई सहज  बनाउदै लक्ष्यमा पुग्न सफल बनाउने छ । भोट गर्नका लागि  IMEPAY APP डाउनलोड गरी सन्तोष क्षेत्री को भोटिङ कोड १५ मा भोट गरिदिन लागि सबै नेपाली समक्ष सन्तोष ले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend