logo
  • शुक्रबार, असोज ९ २०८३

अर्घाखाँची सेवा समाज कतारद्वारा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार बैशाख २।
अर्घाखाँची सेवा समाज कतारले नयाँ बर्षको अवसरमा आन्तरिक मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बर्षको अबसर पारेर समाजले कार्यक्रम भएको हो समाजका अध्यक्ष बिष्णु कुवरको सभापतित्व तथा समाजका प्रमुख संरक्षक क्रान्ति शिह ज्युको प्रमुख अतिथी आतिथ्यमा समाजका उपाध्यक्ष बलराम पान्डेले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सम्पुर्ण प्रदेश भित्रका जिल्ला सस्थाहरुको प्रतिनिधि साथै कतारबासी अर्घाखाँचीहरुको उपस्थिति रहेको थियो ।
केक काटेर कार्यक्रमको सुरुवात गरिएको थियो कार्यक्रम बुद्ध पान्डेले नयाँ बर्षको अवसर पारेर नयाँ कार्यक्रमको सुरुवात सङ्गै नया अभ्यास गरेको बताए । आगामी दिनमा प्रदेश सङ्ग समन्वय गरेर कार्यक्रम गर्न सके फजुल खर्च कम हुने र हामी बिच आत्मियता रहने र प्रदेश भित्रका जिल्ला सस्थाहरुले सामुहिक रुपमा कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए ।

आफनो शुभकामना मन्तव्य राख्दै समाजका संरक्षक सदस्य ठाकुर कुमार परियारले हामी प्रदेशमा भएपनी हाम्रो मौलिक हाम्रो संस्कृति हाम्रो भाइचारा हामी बिच मान-सम्मान नेपाली पन रहिरहने आफ्नो उदेश्य बताउदै २०७९ लाई बिदाई संगै २०८० लाई स्वागत गर्दै समाजका टिमलाई धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रमलाई संघका महासचिव अनिल परियारले सहजीकरण गरेका थिए । समाजका प्रमुख संरक्षक क्रान्ति सिंह कार्यक्रममा बोल्दै नयाँ बर्षको सुभारम्भ संगै पबित्र महिना रमजानको महिनामा प्रदेश भित्रका जिल्ला संस्थाहरु सङ्ग जोडिएको शुभकामना आदान-प्रदान कार्यक्रम अत्यन्तै पृथक किसिमको कार्यक्रम भएको बताए लुम्बिनी प्रदेश हामी सबै एउटै परिवार भएको बताउदै नयाँ बर्षको शुभकामना व्यक्त गरे ।

सम्पुर्ण जिल्ला सस्थाहरुको सामुहिक कार्यक्रममा सभापति कुवरले कार्यक्रमको समापन गर्दै सम्पुर्ण उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै नव बर्ष २०८०को पावन अबसरमा सम्पुर्णलाई शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend