logo
  • शुक्रबार, असोज ९ २०८३

जनप्रगतिशील मञ्च कतारले बृहत ईफ्तार कार्यक्रम सम्पन्न गर्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार वैशाख १ ।
नेपाली जनप्रगतिशील मञ्च कतारले रमजानको अवसरमा बृहत ईफ्तार कार्यक्रम बुधबार सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अवसरमा ईफ्तार कार्यक्रम सम्पन्न भएको हो । मञ्चका अध्यक्ष बुद्धि प्रसाद भन्डारीको सभापतित्व तथागैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका उपाध्यक्ष आरके शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मञ्चका उपाध्यक्ष एव मधेस मुस्लिम बिभागका सद्दाम हुसेनले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष शर्माले हाम्रो देश नेपाल आफैमा बहुजाती बहुभाषी समुदाय मिलेर बसेको देश भएकोले सबैले एक अर्काको धर्मको सम्मान र संस्कार गर्दै आएको बताए । प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कृतिलाई जगेर्ना गर्दै आपसी भाईचारा सद्भाव नेपाली समुदायमा आत्मियता बढाउने बताउनु भयो ।

आफनो शुभकामना मन्तव्य राख्दै मञ्चका सल्लाहकार प्रोफेसर पबित्र रमजान महिनामा रोजा राख्नुको अर्थ र रमजानको अर्थ बारेमा मञ्चका सल्लाहकार प्रोफेसर रमजान मियाले बताउनु भयो । कार्यक्रममा ईस्लाम गुरुहरु ईसहाक नवदी, अख्तर गुफर अमद, सफिजान नवदीले ईस्लाम धर्मको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ-सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । कतारमा स्थापित विभिन्न संघ-संस्थाका तर्फबाट प्रतिनिधित्व गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमानले शुभकामना मन्तव्य राखेका थिए ।

संघका महासचिव महामुद कार्कीले सहजीकरण गरेको कार्यक्रममा सभापति भन्डारीले जनप्रगतिशील मञ्च सदैब सम्पुर्ण जात-जाती संस्कृति धर्मको सम्मान गर्दै सबैको अधिकारको लागि लडेर आएकोले नै गणतन्त्र, संघियता, धर्म निरपेक्षता र समावेशी सहभागीता सम्भव भएको बताए ।  कार्यक्रमको समापन गर्दै हलमा उपस्थित मुस्लिम गैर मुस्लिम सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी सबैलाई धन्यवाद दिदै रमजानको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend