साझा नेटवर्क
दर्शन सुनार, कतार चैत २७ ।
कतारमा स्थापित शेष घले समुहको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले रमजानको अवसरमा शुभकामना तथा ईफतार कार्यक्रम सप्पन्न गरेको छ । संघका अध्यक्ष सुरेश भट्टको सभापतित्व तथा एन आर एनए आईसिसीका मानार्थ सदस्य आरसे पन्थको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सामाजिक अभियान्ता सागर नेपालले समाजको लागी अत्यन्तै खटेको बताउदै यो समाजमा पीडा, संघर्ष, माया, अपहेलना, सम्मान सबै कुरा भोग्दै आएको पीडा पोखे । कतारमा एउटै लोगो, एउटै ब्यानर दुई वटा सस्था भएकोमा परिवारमा भएको पीडा र यो दुई वटा संस्थामा रहेको पीडा एउटै भएको बताए ।
यो समाज रुपान्तरण गर्न समाजलाई परिचित गराउन पहिला आफु परिचित हुने कि समाजलाई परिचित बनाउने भन्ने कुरा मुख्य रहेको बताउदै पबित्र महिना रमजान हामी सबैको लागी सौभाग्य मानी रहेको बताउदै सम्पुर्ण मुस्लिम मानव जगतलाई रमादानको शुभकामना व्यक्त गरे । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ-सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
निर्दोष बस्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई संघका महासचिव ध्रुवराज अधिकारीले सहजीकरण गरेका थिए । संघका अध्यक्ष भट्टले ईफतार कार्यक्रममा बोल्दै हामी प्रवासमा रहदै गर्दा पनि हाम्रो चाडबाड हाम्रो धर्म सबैलाई जोडन सकियोस भन्ने हेतुले कार्यक्रम आयोजना गरेको बताए ।
पबित्र महिना रमजान सहृदय सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी मुस्मिल गैर मुस्लिम सबैलाई यो ईफतार कार्यक्रमले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धार्मिक सहिष्णुता कायम राख्न, हाम्रा रिती रिवाज र हाम्रा परम्परालाई अंगालेर अगाडी बढ्न सके समाजमा भाइचारा कायम रहने बताए ।
हामी जति पनि नेपाली बिभागिएका छौ हामी सबै जना एउटा फुलको मालामा उनिन सके अवस्थ पनि गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद कतारको लक्ष्य र उदेश्य सार्थक हुने आफनो बुझाई रहेको बताए । आफनो ब्यक्तिगत तर्फबाट र सस्थागत तर्फबाट आफुले गर्नुपर्ने कामहरु समन्वयहरु आफुले गर्न चाहेको बताउदै आज सम्म कहि कसैलाई विभेद अपमान न गरेको दाबी गरे ।
संस्थाको गरिमा बढाउन इच्छा आकाङ्क्षा आफ्नो सामर्थ्यले भ्याएसम्म सबैलाई समेटेर सस्थाको सुदृढीकरणमा गरिरहेका छौ र भोलीका दिनमा पनि गर्नेछौ भन्दै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै पबित्र महिना रमजानको शुभकामना व्यक्त गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend