साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली चैत २७।
कराङ्गतुङ्ग युवा क्लव केवाईसी-गुल्मीले आफ्नो स्थापनाको १२औं वार्षिकोत्सवको अवसर पारेर रंगारंग कन्सर्टको साथमा साविक वाड स्तरिय पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता लगायत विविध मनोरंजनात्मक कार्यक्रमको आयोजना गर्न लागिरहेको छ ।
नेपाली नयाँ वर्षको अवसर पारेर हुने रंगारंग कार्यक्रममा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र रामचन्द्र चन्दको साथमा कलाकारहरु सिता राना, लालमाया कुवंर, राजु बस्याल, अश्मी सुनाम, निबिका क्षेत्री लगायत स्थानिय कलाकारहरुले प्रस्तुति दिनेछन।
चार दिनसम्म चल्ने वार्षिकोत्सवको अन्तिम दिन रंगारंग कार्यक्रम हुने र चैत्र २६ बाट भलिबल खेलको दर्ता सुरु भएको छ भने बैशाख १ गते विविध सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोजक टिका सुबेदीले जानकारी गराए ।
भलिबल प्रतियोगितामा प्रथम पुरुस्कार तिस हजार, ट्रफी, मेडल र प्रमाणपत्र दोश्रो पुरुस्कार बिस हजार, ट्रफी, मेडल र प्रमाणपत्र तेश्रो पुरुस्कार दस हजार, ट्रफी, मेडल र प्रमाणपत्र अनि सान्त्वना पुरुस्कार पाँच हजार पाँच सय, ट्रफी, मेडल र प्रमाणपत्र रहेको क्लवका अध्यक्ष सुरेन्द्र खत्रीले साझा नेटवर्कलाई जानकारी दिए ।
वार्षिकोत्सवमा स्व. पबित्रा देबी कार्की स्मृति रनिङ्ग सिल्ड महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिएको बताउँदै कल्वका सचिव शंकर खत्रीले बिजेता महिला टिमलाई पन्ध्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता महिला टिमलाई दश हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।
पुरुष भलिबल दर्ता सुल्क तिन हजार र महिला भलिबल दर्ता सुल्क एक हजार रहेको कार्यक्रमको सञ्चालन क्लवका पुर्व अध्यक्ष बिसन केसीले गर्नेछन ।
त्यस्तै सांस्कृतिक कार्यक्रम संयोजन कुल बहादुर कार्की र खेल कार्यक्रम संयोजन बिपिन सुबेदीले गर्नेछन । कार्यक्रम कालीगण्डकी गाँउपालिका वार्ड नं ७, कराङ्गतुङ्गको ऐतिहासिक पाताल खेल मैदानमा हुनेछ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend