साझा नेटवर्क
दर्शन सुनार, कतार चैत २५ ।
कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ शाखा कतार र नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित कार्यक्रममा ६१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समीर थापा मगरले जानकारी दिए ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्तिथि रहेको थियो ।
सम्पुर्ण मगरहरुको एकता-अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ कतारमा सन २००० मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कतारमा जातिय संस्थामा पहिलो र कतारमा स्थापित संस्थामा मगर संघ तेस्रो संस्था हो ।
संघले कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नुभएका सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्मान पत्र समेत प्रदान गरेको थियो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिनु हुने सम्पुर्णलाई संघका अध्यक्ष बिवेक पुलामी मगरले धन्यवाद तथा आभार प्रकट गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend