logo
  • शनिबार, असोज १० २०८३

 राजधानीको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

२२ चैत, काठमाडौं । राजधानी न्युज पब्लिकेशन प्रालिकाे प्रमुख कार्यकारी अधिकृतमा डोलेन्द्र थापा नियुक्ती भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिले थापालाई मंगलबारदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । पब्लिकेसनकी अध्यक्ष नन्दा शेरचनले थापालाई कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमबीए गरेका थापा यसअघि हिमालय टाइम्स, सौर्य दैनिक, कमान्डर पोस्ट, आमनेपाली टेलिभिजनमा व्यवस्थापनको जिम्मेवारीमा थिए । मंगलबार कार्यालयमा उपस्थित थापाले आन्तरिक रूपमा राजधानी दैनिकका समस्यालाई सम्बोधन गर्दै सञ्चारको गरिमामय इज्जतलाई उच्च बनाउने कार्यमा सघाउने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend