logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई मासिक भत्ता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुमन महतारा,गुल्मी चैत्र १९ ।

गुल्मीको इस्मा गाउँपालिका एकल पुरुषकाे साहारा बन्दै गएको छ । गाउँपालिकाले ५५ बर्ष माथिका करिब ७० जना  एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि एकल पुरुषलाई थप राहत भएको हाे । गाउँपालकाले बार्षिक निति तथा कार्यक्रम बमोजिम ५५ बर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा  भत्ता दिने निर्णय गरेको थियो ।गाउँपालिकाले बितरण गर्न थालेको एकल पुरुष भत्ता लिनेमा सबैभन्दा बढि वडा नम्बर १ मा १९ जना छन त्यस्तै वडा नम्बर २ र ४ मा १६/१६ जना छन् त्यस्तै वडा नम्बर ३ मा ४ जना र वडा नम्बर ५ र ६ मा ६/८ जना गरि ६९ जना एकल पुरुषलाइ मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएकाे  इस्मा गाउँपालिका आइएमएस अपरेटर बलराम खनालले जानकारी दिएका छन् ।

राज्यले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिइ आर्थिक तथा सामाजिक रुपमा पुनःउत्थान गर्ने निति लिएको भएता पनि एकल पुरुषमाथि निर्मम विभेद गरेको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले बताइन । उनले भनिन `हामीले वितरण गरेकाे सामाजिक सुरक्षा  भत्ताले एकल पुरुषको जिविकाे पार्जन गर्न न्युनतम भए पनि राहत होस् भन्ने हेतुले यो कार्यक्रम सुरुवात गरिएको छ ` उनले याे कार्यक्रम प्रभावकारी पनि भै रहेको उनको भनाई छ ।

उनले एकल पुरुषले पाउँने सुरक्षा भत्तालाइ निरन्तरता समेत दिने जानकारी दिएकि छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend