logo
  • शनिबार, साउन ३० २०८३

कालिदास दिवसकाे शुरुवात गराैं


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

चक्र के.सी.,गुल्मी

कानूनी राज्यमा कानूनकाे अनभिज्ञताकाे कारण हुने अपराधीक गतिविधि क्षम्य हुने छैन ।त्यसैगरि धार्मिक तथा आध्यात्मिक राज्यमा पनि वेहाेसीमा गरिएका आफ्ना कर्महरुलाई पाप मानिन्छ । अर्काे शब्दमा,आफू मूर्ख बन्ने गरि आफूलाई बेहाेसीमा राख्नु आत्म-बाेधकाे हत्या गर्नु पनि हाे । आफूलाई सदा हाेशमा राख्न नसक्नेले कसैले मूर्ख बनायाे भनेर अरुलाई दाेष लगाउने आध्यात्मिक अधिकार हुने छैन ।

सत्य कुराकाे बाेध गर्न सक्ने फरकखालकाे विशेष आध्यात्मिक क्षमता बाेकेर आएकाे मानवले आफू र आफ्ना प्रत्येक कर्महरुप्रति सचेत रहनु ध्यान हाे ।आफ्ना कर्महरुप्रति ध्यानमा नहुनु मूर्ख बन्नु हाे ।फेरि अध्यात्मकाे भाषामा आफैले आफूलाई मूर्ख बनाउने कुरा पाप हाे ।अरुले मूर्ख बनायाे भनेर अरुलाई दाेषाराेपण गर्नुकाे सट्टा आफूभित्र रहेकाे सचेतनाकाे कमिलाई स्वीकार गरि प्रत्येक पल सत्य कुरा सिक्नु र सिकाउनु अध्यात्म हाे ।

यदि कसैले हामीलाई मूर्ख बनायाे भने-उसकाे त्याे कर्मलाई वेवास्ता गर्दै आफू मूर्ख बन्नुकाे कारणप्रति सचेत रहने हाे । फेरि पनि उहीँ प्रसङ्गमा मूर्ख बन्ने महामूर्ख नबन्नु वास्तविक रुपान्तरण हाे । निश्चित कालखण्डमा संस्कृत साहित्यका प्रसिद्ध महाकवि कालिदास पनि मूर्ख देखिएका थिए । ” अप्रिल फूल”काे दिनमा जस्तै आफूलाई मूर्ख बनाउने कुराबाट वर्षभरि आफूलाई बचाउन सक्नुपर्छ। गृहस्थी जीवनमा हुनेहरुकाे लागि याे ध्यान-याेगा पनि हाे । पश्चिमाहरुले मूर्ख दिवसकाे रुपमा मनाउने गरेकाे दिवसलाई हामीले सचेतना दिवसकाे रुपमा ग्रहण गर्न सक्छाैं। हाम्राे माैलिक कालिदास दिवसकाे शुरुवात पनि गराैं । शुभ-कामना !!!

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend