साझा नेटवर्क
गुल्मी, चैत १७ ।
गुल्मी सामाजिक विकास, कला संरक्षण र प्रबर्दनमा सरकारको मात्रै भूमिका नरहेर समाजमा स्थापना भएका भिभिन्न सामाजिक संघ, संस्था र क्लबहरुले पनि उत्तिकै उत्तर दाइत्व निभाएका हुन्छन् । गुल्मी सत्यवती गा पा वार्ड नं ८ भार्सेमा रहेको थाप्ले क्लब पछिल्लो समयमा यस्तै उदारहण बनेको छ।
चैते दशैंको विशेष अवसर पारी राम नावमीका दिन श्री झुलेथुम कालिका देवी मन्दिर व्यवस्थापन समितिको आयोजना, वृन्दाबन आमा समुह र थाप्ले क्लबको सहकार्यमा बृहत धार्मिक तथा सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । धार्मिक आस्थाको संरक्षण तथा कला, संस्कृत, मौलिक गीतको प्रर्वद्धनको उदेश्यले उक्त कार्यक्रम गरिएको थाप्ले क्लबका अध्यक्ष नरु बुढाथोकीले बताउनु भयो ।
धार्मिक कार्यक्रम अन्तर्गत, झुलेठुममा रहेको कालिका देवी मन्दिरमा रामायण बाचन, पूजा आजा तथा कृतन भएको थियो , जहां भार्से का भिभिन्न ठाउँ बाट धार्मिक आस्था भएका धर्मावलम्बीहरूको व्यापक उपस्थिति थियो ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत यस क्षेत्रमा गाइदै आएका र लोप हुने अवस्थामामा रहेका मौलिक गीतहरू तथा सालैजो, ठाडो भाका तथा लोक दोहोरी गीत संरक्षण तथा सोही क्षेत्रका स्थानीय कलाकारहरु लाई प्रोत्साहन गर्ने हेतुले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिचमा लोक दोहोरी, ठाडो भाका, सालैजो, मौलिक भाकाहरु मादलको तालमा गाइएको थियो ।
कार्यक्रमका प्रमुख अथिति सोही वडाका वडा अध्यक्ष होम बहादुर रानाले भार्सेको कला संस्कृति संरक्षणमा राम नमबिको अवसर पारेर गरेको यस्तो कार्यक्रम स्वागत योग्य भएको बताउनु भएको बताउनु भयो ।
वीर सिपाईहरुको जन्म थलो भनेर चिनिने भार्से आफैमा पर्यटकिय एबम् धार्मिक महत्त्व बोकेको एतिहासिक ठाउँमा कला तथा यहाको संस्कृति संरक्षण गर्न सकियो भने निकट भविष्यमै आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल बन्न सक्ने छ यो ठाउँमा । क्लब तथा मन्दिर व्यवस्थापन समितिको सहकार्यमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend