logo
  • शनिबार, असोज १० २०८३

पटना आदिशक्ति देवी मन्दिरमा भव्य मेला तथा विशाल भण्डारा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्र, कपिलवस्तु चैत्र १६ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नम्बर ११ मा अवस्थित पटना आदिशक्ति देवी मन्दिरमा भव्य मेला तथा विशाल भण्डारा कार्यक्रम सम्पन्न भएको छ । चैत्र नवरात्रीको अवसरमा आदिशक्ति देवी मन्दिर संरक्षण समितिले मेला तथा विशाल भण्डाराको आयोजना आयोजना गरिएको जनाइएको छ ।
पटना गाउँमा अवस्थित यो देवी मन्दिर माता जगदम्बाको पवित्र स्थल हो । यो आदिशक्ति देवी मन्दिरको स्थापना बि.सं.२०१६ मा स्थापना गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ ।

यस स्थानमा माता जगदम्बा आदिशक्ति देवीको प्रतिमा आफै निस्केको जनविश्वास रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष मङ्गरे प्रसाद यादवले बताउनुभयो ।

आज पटना आदिशक्ति देवी मन्दिर मेला र रात्री भक्ति भजन, किर्तनसहित साँस्कृतिक कार्यक्रम रहेको मेला समितिका अध्यक्ष राम फेरई हरिजनले जानकारी दिनुभयो ।

आगामी दिनमा आदिशक्ति देवी मन्दिरको प्रचारप्रसारको साथै अझै व्यवस्थित र भव्य रुपमा भण्डारा, भजनकिर्तन, साँस्कृतिक कार्यक्रमसहित आगाडी बढ्ने वडा अध्यक्ष जीवन कुमार श्रीवास्तवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend