साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान चैत्र १५ ।
प्युठानको १२ मेगावाट झिम्रुक जलविद्युत आयोजना संचालनमा आएको धेरै बर्ष बितिसक्दा पनि उत्तरी प्युठानको गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकाका केही वडाहरुमा अझै बिधुतको लाइन बिस्तार हुन सकेको छैन ।
गौमुखी गाउँपालिकाको वडा न १ अर्खा २ अर्खा का केही घर धुरीले बत्ती बालेपनि ३ रजवारामा भने अहिलेसम्म पोल तथा लाइन बिस्तारमा ढिलाई भएको छ । तर यता गौमुखी गाउँपालिका प्युठानले भने आ ब २०७९/०८० को नीति तथा कार्यक्रम अन्तरगत गौमुखी गाउँपालिका भित्र बिधुत जडान गरेका ग्राहकको न्युनतम महशुल शुल्क निशुल्क गर्ने कार्यक्रम अन्तरगत कुल ३३९४ ग्राहकहरुको १२ महिनाको महसुस भुक्तानी गर्नेगरी नेपाल बिधुत प्राधिकरण प्युठान बितरण केन्द्र संग सम्झौता भएको र १२ लाख २१ हजार ८ सय ४० रुपैया बिधुत प्राधिकरणले भुक्तानी लिने गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले बताउनु भयो । बिधुत नपुगेका बस्तीमा बिस्तारका लागि सम्बन्धित निकायमा पहल गर्ने अध्यक्ष गिरी बताउनु भयो ।
आफ्नो जिल्लामा उत्पादन भएको बिधुत आफु सानो छदा निर्माण गर्दै गरेको थाहा पाएको तर बुढो भएर मर्ने बेला सम्म पनि प्रयोग गर्न नपाउनु दुखको कुरा भएको गौमुखी गाउँपालिका ३ रजवाराका निबासी मन बहादुर मल्ल्ले गुनासो पोख्नु भयो । गौमुखी र नौबहिनी गाउँपालिकामा ठेकदारको लापरबाहीले गर्दा समयमा बिधुत बिस्तार हुन सकेको छैन।सम्बन्धित निकाएले तत्काल ध्यान दिन जरुरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend