logo
  • शनिबार, असोज १० २०८३

दाङमा एक करोड लगानीमा साबुन उद्योग सञ्चालन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा  नेटवर्क,दाङ चैत १२ ।

उद्योग बबई गाउँपालिकाको हापुरे बजारमा एक करोड बढी लागतमा साबुन उद्योग सञ्चालन गरिएको छ । स्थानीय दयाराम बिकले साबुन उद्योग सञ्चालन गर्नुभएको हो ।भारतको काल्कामा रहेको साबुन उद्योगमा करिब ६ वर्ष गरेको कामलाई ब्यवहारमा उतार्दै उहाँले दुई वर्षदेखि उद्योग सञ्चालन गरेको बताउनुभयो । शुरुको समयमा दुई ब्यक्तिले लगानी गरेर उद्योग सञ्चालन गरे पनि पछिल्लो समयमा दयाराम बिकले एक्लै उद्योग सञ्चालन गरिरहनुभएको छ ।

रोजगारीको सिलसिलामा भारतको साबुन उद्योगमा काम गर्ने क्रममा प्राप्त गरेको सीपलाई सदुपयोग गर्न उद्योग स्थापना गरेको बताउनुभयो । उहाँले भारतमा डिटोल साबुन उत्पादन गर्ने उद्योगमा काम गरेको अनुभवलाई उद्योगमा परिणत गर्नुभएको हो । उद्योग सञ्चालन गर्न एक करोड २५ लाख रुपैयाँ लगानी गरेको उहाँले जानकारी दिनुभयो । बबई गाउँपालिकाको केन्द्र हापुरे बजारमा दयाराम विकले दया उजेली साबुन उद्योग सञ्चालन गर्नुभएको हो ।

उद्योगबाट लुगा धुने साबुन र सर्पm उत्पादन गर्न शुरु गर्नुभएको छ । साथै उत्पादन गरिएको साबुन र सर्पm बिक्रीमा कुनै समस्या नरहेको सञ्चालक विकको भनाइ छ । उद्योगमार्फत साबुन र सर्पm उत्पादनका लागि मेसिन जडान गरिएको छ । उद्योग सञ्चालक बिकले आफूसँगै थप तीनजनालाई रोजगारी दिनुुभएको छ । यसले आफूलाई सन्तुष्टि मिलेको उहाँले बताउनुभयो । उद्योगले परिवारका अन्य सदस्यलाई समेत रोजगारी प्रदान गरेको छ ।

दया उजेली साबुन उद्योगबाट उत्पादन भएका साबुन र सर्पm स्थानीय बजारमा बिक्री हुने गरेको छ । उद्योग सञ्चालक बिकले प्रतिसाबुन ४० रुपैयाँ, एक किलोग्रामको सर्पmलाई एक सय रुपैयाँ र तीन किलोग्रामलाई दुई सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो । स्थानीय बजार तथा उपभोक्ताले उद्योगले उत्पादन गरेका साबुन तथा सर्पmको माग गर्ने गरेको सञ्चालक बिकले बताउनुभयो । लुगा धुने साबुन उत्पादन गर्न थप एकजना मिस्त्रीलाई समेत रोजगारी दिनुभएको छ ।

उत्पादन गरिएका सामान बजारमा लैजान गाडीको समेत ब्यवस्था गर्नुभएको छ । आगामी दिनमा भाँडा र हात सफा गर्नका लागि लिक्विड समेत उत्पादन गर्ने तयारी गर्नुभएको छ । पहिलो चरणमा नमूना उत्पादन गरेको सञ्चालक बिकले जानकारी दिनुभयो । उद्योगले कमाइसमेत राम्रो गरेको सञ्चालक विकको भनाइ छ । अहिलेसम्म उद्योगमार्फत नमूना उत्पादन भएको भन्दै सञ्चालक विकले भविष्यमा बजार ब्यवस्थापन गर्न सकेको अवस्थामा कमाइसँगै कामदार समेत थप्ने अपेक्षा गर्नुभएको छ ।

साबुन उत्पादनका लागि कच्चा पदार्थ पकाउनका लागि कराई र थप दुईवटा मेसिन राखिएको छ । यस्तै सर्पm उत्पादनका लागि दुईवटा मेसिन जडान गरिएको छ । उत्पादन गरिएका सामान हापुरे, शान्तिनगर, दंगीशरण र तुलसीपुरमा समेत बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend