साझा नेटवर्क
साझा नेटवर्क, काठमान्डौ चैत्र ७ ।
लोकप्रिय गायक रामचन्द्र चन्द र गायिका समिक्षा अधिकारीको आवाजमा बिल्कुलै नयाँ गित “घाँटी रेट्नलाई” सार्वजनिक भएको छ । दर्जनौ चर्चित गीतका सर्जक प्रकाश न्यौपानेको उत्कृष्ट शब्द सिर्जना रहेको गीतमा नन्दु परियारको लय रहेको छ ।
कलाकारहरुले मानव जीवनमा यथार्थ रुपमा भोग्दै आएका घटना – परिघटना हरुलाई विषयवस्तुमा समेटेर प्रस्तुत गरेका छन । “भेटेको रैछौ माया घाँटी रेटनलाई “भन्दै गीतमा मिलन अनि प्रेम पश्चातको विछोड र वियोगको अवस्थालाई दर्साईएको पाईन्छ ।
सिर्जन बराल “ऋषि” को निर्देशन रहेको गीतमा जी.बी. चिरन, यशु भट्टराई, यशु भट्टराई, अन्जना दुलाल र रोयल प्रिन्स सिंहको उत्कृष्ट अभिनय रहेको छ । गित रामचन्द्र चन्दको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend