साझा नेटवर्क
साझा नेटवर्क,काठमांडू चैत ३ ।
पश्चिम दाङमा मोटरसाइकलको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन । घाइते हुनेमा शान्तिनगर गाउँपालिका ५ मजघटुवा निवासी ८० वर्षीय भिमा कुमारी डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रा ४ प ३१८६ नम्बरको मोटरसाइकलले उनलाई रगैजा नजिकै ठक्कर दिएको हो । घाइतेको राप्ती पादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरीएको छ ।
साथै मोटरसाइकल चालक शान्तिनगर ६ निवासी २९ वर्षीय राजेश चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend