logo
  • शनिबार, साउन ३० २०८३

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,काठमण्डू चैत ३ ।

जनता समाजवादी पार्टी जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आज शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्नुभयो । उहाँले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाउनुभएको छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार छ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार तीन सय १४ मतभारभन्दा बढी मत ल्याउनुभएको छ ।

यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्नुभएको हो । उपराष्ट्रपतिमा जसपा सांसद प्रमिला कुमारीले पनि उम्मेदवारी दिनुभएको भए पनि मतदान अघि नै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाउनुभएको थियो ।

यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend