साझा नेटवर्क
साझा नेटवर्क, कतार।
गुल्मी सेवा समाज कतारको बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट राष्ट्रिय चर्चित कलाकार कतार आइपुगेका छन ।
गुल्मी सेवा समाजको आयोजनामा आगामी १७ मार्च २०२३ का दिन गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति अक्षयकोष स्थापनाका सहयोगार्थमा बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट लोक सांगितिक क्षेत्रका चर्चित राष्ट्रिय कलाकार कतार आएका हुन्।
हमाद अन्तर्राष्ट्रिय बिमान स्थलमा समाजका अध्यक्ष कमल अर्याल, प्रमुख सल्लाहकार, संरक्षक बुद्ध पाण्डे, बरिष्ठ सल्लाहकार झबिन्द्र आचार्यले कलाकारलाई खादा र फूलमालाले भब्य स्वागत गरेका हुन।
त्यस्तै संस्थाका बरिष्ठ उपाध्यक्ष मित्र वि.एस ,अर्घाखाँची सेवा समाजका अध्यक्ष बिष्णु बहादुर कुंवर बुद्वभुमि कपिलवस्तु सेवा समाजका अध्यक्ष विवस बेल्वासे, बसन्त राज पुरी, राजन चापागाईं, लगाएको उपस्थित रहेको थियो ।
राष्ट्रिय स्तरका ख्याती प्राप्त चर्चित लोक दोहोरी क्षेत्रका गायक गायिकाको आगमनले उहाँहरुको प्रस्तुति हेर्न दोहामा रहेका दर्शक श्रोतहरु आतुर छन ।कार्यक्रमको लागि लोक तथा दोहोरी गायिका गायिका शान्ति श्री परियार ,लोक तथा दोहोरी गायक नन्दु परियार, गायक तथा मोडल अनिल पौडेल, चर्चित नृत्यङ्गना रविना भण्डारी, गायक तथा मोडल अमित सुनार आएका छन् ।
कार्यक्रममा उपस्थितको लागि कतारमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गरेका छन्। कार्यक्रम सांगितिमय रहने समाजले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend