logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाली एकता समाजद्वारा ११३औं महिला दिवस तथा वनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार ।
कतार नेपाली एकता समाजले १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बृहत बनभोज तथा सांस्कृतिक सम्पन्न गरेको छ। १० मार्च २०२३ का दिन सहानिया स्थित अल दोसरी पार्कमा कतार नेपाली एकता समाजका का.वा अध्यक्ष राम प्रसाद पराजुलीको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगरको प्रमुख आतिथ्यतामा, ११३ औं महिला दिवस भव्यका साथ् सम्पन्न गरेको हो।
कार्यक्रममा जनसम्पर्क समिति सभापती अजिज अली, नेपाली प्रवासी मन्चका उपाध्यक्ष वालकृष्ण भित्रीकोटी, जनप्रनतीशील मन्च अध्यक्ष बुद्वी प्रसाद भण्डारी, जनप्रगतीशिल मोर्चा कतार अध्यक्ष रविन पुन मगर,  अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजा राम शाही, गैरआवासीय नेपालीसंघका महासचिव पदम गिरी लगाएत उपस्थित रहेको थियो ।

त्यस्तै नेपाली महीला समाजका उपाध्यक्ष अपसना खान,नेपाली कोशी प्रदेश महासचिव निरन गण्डकी प्रदेश उपाध्यक्ष विक्की वि.क, पत्रकार पहासंघ कतार शाखाका परिषद सदस्य  सन्तोष के.सी, जिल्ला संघ संस्थाहरु  कतार नेपाली एकता समाज मातहतमा रहेका विभिन्न एरिया इकाइका पदाधिकारीको आतिथ्य रहेको थियो।

कतार नेपाली एकता समाजका केन्द्रिय सदस्य मिनराज पुन मगरले यस कार्यक्रममा उपस्थित सम्पूर्णलाई आफ्नो मनतव्य राख्दै स्वागत गरेका थिए भने  रक्तिम सांस्कृतिक अभियानका  कलाकारहरुले  गीतमार्फत उपस्थित सम्पूर्णलाई  स्वागत गरेका थिए। सुभकामना मन्तव्यको क्रममा  समाजकी केन्द्रिय सदस्य जानुका खडकाले कतारमा  संघ संगठन धेरै भएता पनि।

महिला  दिदि बहिनीहरुको  हक हितको लागि आवाज उठाएको  महिलाहरुको विषयमा आवाज उठाउने संस्था कतार नेपाली एकता समाज आधिकारीक संस्था हो, र हरेक एजेण्डामा कहीले झुक्दैन र कहीले बाटो नविराउने निडर भएर अगाडी बढ्ने संस्था कतार नेपाली एकता समाज नै हो भन्ने जिक्किर गरिन्न।

त्यस्तै मनतव्य राख्ने क्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनले पनी यस्ता गहन विषयमा अन्य संघ संस्थाले खासै ध्यान नदिने र सामान्य नाच गान गर्ने अन्य जिल्लाहरु संग सहकार्य गर्ने अनी वर्षमा आउने चाडपर्व मनाउने भन्दा खासै उपलब्धी मुलक कार्यक्रम नरहेको  बताए।

अन्तमा कार्यक्रमका अध्यक्ष राम प्रसाद पराजुलीले कार्यक्रम  दैरानामा अहरात्र खटिनु हुने र  सहयोग गर्नुहुने सम्पूर्ण  हार्दिक धन्यवाद  प्रकट गरेका  थिए कार्यक्रमको  सहजीकरण  संस्थाका महासचिव खिम बुढा मगरले संचालन  गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend