साझा नेटवर्क
कमल पौडेल,बडिगाड १५ फागुन । बडिगाड गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत तह (कक्षा १–३) स्तरीय पढाई प्रतियोगिता सम्पन्न भएको छ। रमाइलो पढाई, दिगो सिकाई भन्ने नारासहित आयोजना गरिएको पढाई प्रतियोगितामा पालिका भित्रका ५३ विद्यालयहरुको सहभागिता रहेको थियो।

प्रतियोगितामा त्रिभुवन नमुना मावि खर्वाङ प्रथम, वेयलफियर वोर्डिङ स्कुल खौलार द्धितिय, जनता आधारभूत विद्यालय दर्लिङ तृतिय, भगवति प्राथमिक विद्यालय जलजला र भानु माध्यमिक विद्यालयले सान्तोना स्थान प्राप्त गर्न सफल भएका छन्। कार्यक्रममा बोल्दै बडिगाड गाउँपालिका वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद आचार्यले पठन प्रतियोगिताले बालवालिकाको पढाइसिपको स्तर मापन हुनेभएकोले नितिनिर्माणमा समेत सहयोग पुग्ने बताउनु भएको थियो। त्यस्तै शिक्षा शाखा अधिकृत पूर्ण बहादुर घर्तिले शिक्षा क्षेत्रको विकास तथा विद्यार्थीहरुको प्रतिभा पहिचानको लागि पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै सहभागि विद्यालयहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा भिमगिठे माविका शिक्षक पूर्णपति कंडेल, भानु माध्यमिक विद्यालयका शिक्षक टिका पाइजा, त्रिभुवन नमुना माविका शिक्षक कमल पौडेल लगाएतले पठन संस्कृति विकासको लागि शिक्षकले गर्नुपर्ने भूमिका तथा पढाइको महत्वको विषयमा बोल्नुभएको थियो। कार्यक्रम वडाध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षता तथा खार माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो। बडिगाड गाउँपालिकाले तहगतरुपमा विभिन्न शैक्षिक प्रतियोगिता लगाएत विद्यालय र विद्यार्थी सम्बद्ध विविध कार्यक्रम संचालन गर्दै आएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend