साझा नेटवर्क
साझा नेटवर्क,प्यूठान फागुन १४ ।
प्यूठान डान्स आइडलको प्रमुख बिजेता बिरा घर्ती मगरले हासिल गरेकी छन् । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता माध्यमिक विद्यालय, बर्जिवाङ्गमा कक्षा दशमा अध्ययनरत छात्रा बिरा घर्ती मगरले अथक मेहनत र परिश्रम पछि प्युठान डान्स आइडलको बिजेता भएकी हुन ।
त्यस्तै गौमुखी गाउपालिका बाट रेजिना के.सी.को ग्रुप दोस्रो भएका छन् । डान्स आइडलको तेस्रो स्थान हासिल गर्नेमा प्युठान नगरपालिका कि सरस्वती घर्ती मगरले हात पार्न सफल भएकी छिन् । आइडलमा मल्लरानी गाउँपालिकाबाट एलिसा थापा चौथो भएकी छिन भने पाचौ प्युठान नगरपालिकाबाट अर्जुन भन्डारीले प्राप्त गर्न सफल भएको आयोजकले जानकारी दिएको छ।
आइडलमा प्रथम बिजेता हुने बिरा घर्ती मगरलाई ५५ हजार ५ सय ५५, दोस्रो हुने रेजिना के.सी.को ग्रुपलाई ३३ हजार ३ सय ३३ र तेस्रो हुने सरस्वती घर्ती मगरलाई २२ हजार २ सय २२ रुपैया ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्युठान उधाेग बाणिज्य संघकाे मुख्य आयाेजना तथा प्युठान डान्स आईडलकाे आयाेजनामा भएको डान्स आइडलले गाउँ देखि सहरसम्म लुकेर रहेका नव प्रतिभाको खोजी गर्ने र उनिहरुलाई अवसरको पहिचान गरिदिने रहेको छ ।
यहीँ माघ २१ गते देखि फागुन २ गतेसम्म जिल्लाभरबाट ५ सय जना नृत्य प्रतिभाहरुको बिचबाट ३ जना उत्कृष्ट नवप्रतिभाहरु छनोट हुन सफल भएको आयोजकले बताएको छ। फागुन २ देखी सबै चरण पार गर्दै आज फागुन १३ गते प्युठान डान्स आईडल जित्न सफल बिरा घर्ति मगर लगाएत “टपटेन”सम्मपर्ने लगाए सहभागी सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend