logo
  • शनिबार, असोज १० २०८३

युडब्लुएस नेपालद्वारा फेलोमिट कार्यक्रम सम्पन्न 


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाद्वारा आयोजित तीनदिने फेलोमिट कार्यक्रम श्री बुल्म आधारभुत बिद्यालय ईस्मा गाउँपालिका ६ अमरपुर गुल्मिमा सम्पन्न भएको छ।फेलोमिट कार्यक्रममा UWS नेपाल गुल्मी शाखा प्रमुख अनुज सिग्देल स्कुल मुविलाईजर मिना बोहोरा ,भेषराज अधिकारी ,गुल्मी जिल्लामा कार्यरत फेलो शिक्षक तथा सस्थाका पदाधिकारी, अभिभावक ,शिक्षक, बिद्यार्थी तथा शिक्षा प्रेमिहरुको सहभागिता रहेको थियो ।

गुल्मी जिल्लाका बिकट र ग्रामीण क्षेत्रमा UWS नेपालले शैक्षिक क्रियाकलाप सन्चालन गर्दै आईरहेको छ।जसअन्तर्गत विभिन्न बिद्यालयको सहकार्यमा पुर्वाधार निर्माण ,निशुल्क शैक्षिक सामाग्री ,छात्रवृत्ति ,बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा ,सफा र सुरक्षित बिद्यालय क्षेत्र निर्माण लगाएत बिबिध क्षेत्रमा प्रत्यक्ष योगदान गर्दै आईरहेको छ।गुणस्तरीय शिक्षाको अवधारणालाई सहयोग पुर्याउनको लागि संस्थाले तालिमप्राप्त फेलो शिक्षकको ब्यबस्था समेत गर्ने गरेको छ।

गुल्मी जिल्लामा कार्यरत फेलो शिक्षकको जमघट गराई आफ्ना अनुभव र सफलता साटासाट गरि थप प्रभावकारी रुपमा गुणस्तरीय शिक्षाको अभियान सफल पार्न फेलोमिट कार्यक्रम आयोजना गरिएको युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखा प्रमुख अनुज सिग्देलले जानकारी दिनुभयो।फेलोमिट कार्यक्रम अवधिमा बिद्यार्थीद्वारा विभिन्न खेलकुद ,गित,नृत्य लगाएत प्रतिभा प्रस्तुत गरिएको थियो।फेलोमिट कार्यक्रम युनाइटेड वर्ल्ड स्कुल्स मुविलाईजर मिना बोहोराको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend