साझा नेटवर्क
लुम्बिनी, १२ फागुन। बुद्ध जन्मभूमि लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने भएको छ। अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरूको सहभागितामा उक्त कार्यक्रम हुने भएको हो। यही मिति २०७९ (बु.सं. २५६६) फाल्गुन २७ देखि चैत्र १७ गते बुद्ध जन्मभूमि लुम्बिनीमा हुन गइरहेको ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रममा सहभागी हुन सम्पूर्ण बुद्ध धर्मावलम्बी संग आयोजक संस्थाले अनुरोध समेत गरेको छ।
५०० कुलपुत्र प्रव्रज्या कार्यक्रमको लागि रजिष्ट्रेशन गर्ने मिति फाल्गुन २७ गते रहेको छ भने प्रव्रज्या हुने दिन चैत्र २ गते तथा चैत्र १७ गते कार्यक्रम समापन हुने भएको छ। उक्त कार्यक्रममा भाग लिन इच्छुक धर्मावलम्बीले अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन अक्षेश्वर महाविहार, पुल्चोक, ललितपुर सम्पर्क गर्न सक्नुहुनेछ।
रजिष्ट्रेशन दिन : २०७९ फाल्गुन २७ गते
प्रव्रज्या हुने दिन : २०७९ चैत्र २ गते विहीबार, लुम्बिनी
कार्यक्रम समापन हुने दिन : २०७९ चैत्र १७ गते शुक्रबार
सम्पर्क स्थान : अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन
अक्षेश्वर महाविहार, पुल्चोक, ललितपुर
थप जानकारीको लागि : भिक्षु बोधीज्ञान महास्थविर (कोषाधक्ष्य,अ.ने.भि.महासंघ)
मोबाइल नं 9851167525
भिक्षु धम्मबुद्धो 9761693447
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend