साझा नेटवर्क
देबेन्द्र केसी,नयाँ दिल्ली ।
विगत पन्ध्र वर्षदेखि अवनरत तथा वैधानिक रुपमा ‘दिल्ली -पोखरा-दिल्ली’रुटमा व्यवसायिक सेवा दिदै आएको मोर्डन ईरा टुर एण्ड ट्राभल्स ले नयाँ दिल्ली,करोल बागको ‘होटल ट्रिपल ट्री ‘मा जनपरिचायात्मक कार्यक्रम सम्पन्न गरेको छ।
हालै उत्तर प्रदेश सरकारको स्वामित्वमा रहेको कम्पनी ‘उत्तर प्रदेश परिवहन निगम ‘संग ब्यवसायिक टाईअप गरि सेवा बिस्तार गरेको मोर्डन ईरा ले सेवालाई थप प्रबिधि मैत्री र आधुनिक बनाउने घोषणा गरेको छ।

कार्यक्रम मा नेपाली राजदुतावास बाट कल्चरल काउन्सलर यदुनाथ पौडेल, उत्तर प्रदेश परिवहन निगम का कार्यालय प्रमुख सन्दिप चौधरी , नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र की अध्यक्ष तथा जिल्ला समन्वय समिति गुल्मी की सदस्य सुनिता जिसी कुँवर,होटल ब्यवसायी अर्जुन धरेल, समाजसेवी कवि कार्की,आफन्त नेपाल का भारत संयोजक नविन जोशी, अल इन्डिया रेडियोको नेपाली सेवामा कार्यरत पत्रकार ईन्द्रकमल जैरु, समाजसेवी घनश्याम शर्मा, नेपाल पत्रकार महासंघ -भारत शाखा बाट प्रतिनिधि कृष्ण शर्मा, मोर्डन ईरा टुर एण्ड ट्राभल्स का अध्यक्ष केशव अधिकारी, नेपाल उद्योग वाणिज्य संघ का प्रतिनिधि दामु अधिकारी, समाजसेवी हरु एन कुमार शाही ,गणेश शर्मा,टिका अधिकारी, ट्राभल्स का पोखरा कार्यालय प्रमुख दाताराम उपाध्याय लगायत नयाँ दिल्ली मा कार्यरत बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरु, यातायात व्यवसायी,होटल ब्यवसायी, कानुन ब्यवसायी, पत्रकार, लगायत भारतिय भाईचारा हरुको पनि उपस्थित रहेको थियो।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि यदुनाथ पौडेल ले ‘मोर्डन ईरा को सेवाको प्रसंसा गर्दै अब तोरी र कोदो छुट्टाउनु पर्ने बताए’ झोलामा कार्यालय बोक्नेहरु र मुनाफाखोरीको खेती गर्नेहरु मौलाएको भन्दै अधिकांस बक्ताहरुले यात्रु मैत्री र महिला मैत्री बन्न जोड दिएका थिए। कार्यक्रम मा बोल्दै मोर्डन ईरा का अध्यक्ष केशव अधिकारी ले ‘यात्रुलाई कुनै समस्या परे सिधै आफुसंग उजुरी गर्न सुझाए।
आफुहरु नेपाल मा भएको सिण्डिकेट र कयौं हणडर, ठक्कर का बाबजुद सेवा प्रदान गरेको उल्लेख गर्दै अव थप आधुनिक र प्रबिधि मैत्री बनाएर सेवा दिने औल्याए। रात्री भोज सहित समाप्त भएको कार्यक्रम को संचालन दामु अधिकारी ले गरेका थिए। कार्यक्रम मा मोर्डन ईरा का दिल्ली शाखा संयोजक दलिप पौडेल तथा सन्चालक टि पी शर्मा ,खुम गुरुङ , रामचन्द्र शर्मा तथा बजार ब्यबस्थापक नारायण शर्माले ब्यवथापकिय भुमिका निर्वाह गरेका थिए। मोर्डन ईरा ले हाल कस्मिरी गेट बस अड्डाबाट दैनिक सेवा दिइरहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend