logo
  • शुक्रबार, असोज ९ २०८३

कतारमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृति अक्षयकोष सहयोगार्थमा बनभोज कार्यक्रम


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार।
गुल्मी सेवा समाज कतारले वैदेशिक रोजगारीको लागि आएका जिल्लावासीसँग समधुर सम्बन्ध कायम गर्नको लागि १० औं बृहत बनभोज तथा  सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति अक्षयकोष स्थापनाका लागि सहयोगार्थ आगामी १७ मार्च २०२३  तारिक का दिन समाजको वृहत बनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको लागि नेपालबाट लोक दोहोरी क्षेत्रका बहुप्रतिष्ठित चर्चित गायक, गायिक,नृत्यकार, हास्यकलाकार  आउने तयारी रहेको गुल्मेली  तथा  गैर गुल्मेलीहरू बिच आपसी सम्बन्धलाई प्रगाढ होस् भन्ने उदेश्यले  प्रदेशमा रहे पनि स्वदेशी परीकारहरूको खानपान साथै विविध सांस्कृतिक मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको  कार्यक्रम  संयोजक मित्र बि.एसले  साझा नेटवर्क लाई जनाकारी गराए।

कतारलाई कर्मभूमि बनाई  रहनुभएका गुल्मेली दजुभाइदिदि  बहिनिहरूलाई समाजले आयोजना गरेको  कार्यक्रममा सहभागिता संगै ब्यानरमा  रहेको सम्पर्क नम्बरमा सम्पर्क गरि यो पबित्र महान अभियानमा सहयोग गर्न समेत जिल्लावासीहरुलाई समाजले  हार्दिक आव्हान  गरेको  छ  ।

समाजले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि निरन्तरता दिएको  हो उक्त कार्यक्रमको  कलाकारको लागि आवस्यक प्रक्रिया समाजले अगाडी बढाएको बताए। साथै  कतारमा रहेका  स्थानीय कलाकारहरुको समेत  बेजोड प्रस्तुति हरु रहने  समाजले जनाएको छ ।

प्रवासमा रहेर पनि बनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी दुख पिडा सँगै श्रम गरिरेहका नेपालीलाई स्वदेशको झल्को मेटाउने छुट्टै माहोलको श्रृजना गरेको समाजका का. वा अध्यक्ष मित्र बि.एसले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend