logo
  • शुक्रबार, असोज ९ २०८३

प्युठान सेवा समाज कतारद्वारा बृहत मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार।
प्युठान सेवा समाज कतारले मैत्रीपुर्ण बनभोज सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
साहानिया स्थित अलदोसरी गाड्रनमा मैत्रीपूर्ण बनभोज तथा सांस्कृतिक कार्यक्रम भव्यका साथ सम्पन गरेको हो ।
समाजका अध्यक्ष केशर बहादुर के.सीको सभापतित्वमा कार्यक्रमका प्रमुख आतिथ्य लुम्बिनी प्रदेश समन्वय परिषदका प्रमुख संरक्षक कमलमणी गुराँगाइ रहेका थिए ।
कार्यक्रममा संस्थाका संरक्षक गुमान सिंह विश्वकर्मा,प्रमुख सल्लाहकार बलदेवराना बरिष्ठ सल्लाहकार कमल आचार्य, समाजसेबी व्यक्तित्व क्रान्ति सिंह, नेपाली जनसम्पर्क समितिका महामन्त्री केदार भुसाल, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष विजय बस्नेत, नेपाली जनप्रगतिशील मञ्चका उपाध्यक्ष नेत्र प्रसाद आचार्य, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष गणेश ढकाल, कतार नेपाली एकता समाजका सचिव खगेश्वर भुसाल लगाएत बैचारीक संस्था,प्रदेश जिल्ला संघ संस्थाहरु, सामाजिक व्याक्तित्वहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तवय संस्थाका उपाध्यक्ष समुन्द्र खड्काले गरेका थिए भने स्वागत नृत्य लक्ष्मी गिरीले प्रस्तुत गरेकी थिइन ,स्थानिय कलाकार कमला गुरुङ, बिजय भट्टराई, दिपेन्द्र सुनार लगाएतले आ–आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित दर्शकहरुले बिभिन्न गित संगीतमा मनोरञ्जन लिएको देखिन्थियो उक्त कार्यक्रममा ३०० भन्दा बढी प्यूठानी बासीहरुको उल्लेखनीय उपस्थित रहेको देखिन्थियो ।

मन्तव्यको क्रममा उपस्थित बक्ताहरुले प्युठान जिल्लाको स्वर्गद्धारी मन्दिर नेपालको चर्चित पर्यटकीय स्थल रहेको चर्चा गर्दै प्युठान जिल्ला आफैमा धार्मिक एवंम पर्यटकीय स्थल रहेको । मुख्य मेला बैशाख पुर्णीमा जेष्ठ भाद्र कार्तिक र माघे संक्रान्तिमा लाग्ने गर्दछ । मुख्य तीर्थयात्रीहरु भारतको उत्तर प्रदेश  क्षेत्रबाट आन्तरीक तिथैयात्रीको समेत पछिल्लो पटक आकर्षणको केन्द्र बिन्दु बढ्दै गएको बताउदै अझै जिल्लाबासीहरुले प्रचारप्रसार गर्नु पर्ने बताए ।

त्यस्तै ऐतिहासिक प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न गौमुखी प्युठान जिल्लाको उत्तर पुर्व अर्खामा अवस्थीत झिमरुक नदिको उद्गम स्थल समेत रहेको यस स्थान गाईको मुख जस्तो आकारवाट पानी निस्केको हुदाँ यसको नामाकरण गौमुखी राखिएको किम्वदन्ती छ। झाक्रीस्थान मन्दीर, बिजुलीकोट, जाबुने दह, त्रिवेणी, मल्लरानी, नौवहीनी क्षेत्र प्राकृतिक मनोरम देखि ऐतिहासीक शक्तिपिठहरु जिल्लाको पर्यटन विकासका गहनाका आकर्षक रुपमा मानिन्छन।
प्राकृतिक मनोरम रहेको यस स्थानवाट जिल्लाका विभिन्न स्थानहरुको अवलोक गर्न सकिन्छ भने हरियाली बातावरण, झरना, विभिन्न बिभिन्न प्रजातिका लालीगुसार डाँफे र मुनाल हिउले सजिएको पञ्चासेको लेख आदि गौमुखी वैशाख शुल्क पूर्णीमा र माघे संक्रान्तीमा टाढाटाढावाट पर्यटकहरु यहाँ आउँने गर्छन । दुधको धार पशुपंक्षिको दाम्लो र सन्तानको प्रगति तथा ऐश्वर्य वृद्धि आदि मनोकामना पुरा गर्न परेवा चठाउने प्रचलन रहेको बताए। प्रजातिका बन पैदावारले भरीपूर्ण मनमोहक बातावरण, लगाएत यस क्षेत्रको मुख्य विशेषता रहेको चर्चा गरिएको थियो।

अन्तमा अध्यक्ष केशर बहादुर के.सीले कार्यक्रमलाई सफल बनाउन क्रममा सहयोग गर्ने संस्थाका पदाधिकारी एवंम उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिएका थिए । कार्यक्रमको सहजिकरण महासचिव  भिम बहादुर सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend